मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • बिपि कोइराल युबा नेतृत्व बिकास मञ्चकाे संगठन बिस्तार

बिपि कोइराल युबा नेतृत्व बिकास मञ्चकाे संगठन बिस्तार

  • आइतवार, अशोज १८, २०७७
बिपि कोइराल युबा नेतृत्व बिकास मञ्चकाे संगठन बिस्तार

बिपि कोइराल युबा नेतृत्व बिकास मञ्च जिल्ला कार्य समिति बाजुराको संगठन बिस्तार गरिएकाे छ । एक कार्यक्रमका बिच जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको हाे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापती कबिराज पण्डितको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा पुर्ब भुमी सुधार सहायक मन्त्री जनकराज गिरि,पुर्ब सभासद देबराज जोशी ,संविधान सभा सदस्य महा नेपाली ,वरिष्ठ नेता राम सिंह रावल , महिला नेत्री जुना दानी , पाटी उपसभापति गोबिन्द मल्ल बिशिस्ट अतिथी रहेका थिए ।

कार्यक्रममा बुढिगङ्गा नगरपालिकाका प्रमुख दिपक शाह छेडेदह गाउपालिका प्रमुख नर बहादुर रावत, पाटिका नेताहरु तिलक पुरी सुभद्रा पाण्डे भरत रोकाया चन्द्रकला बुढा तारा थापा खाती लगाएत ने.बि संघ ,तरुण दल,महिला संघ ,दलित संघका नेताहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा सभापति पण्डितले बिपिको बिचारमा आफू सधै लागिपरेको र यस संस्थालाई सदैव साथ दिने भन्दै संस्थाको उन्नती प्रगतिको सुभकामना दिएका थिए।

त्यसैगरि कार्यक्रम बोल्ने अधिकान्श बक्ताले बिपिको त्याग र बिपिको सिधाान्तको प्रसंशा गर्दै सुभकामना ब्यक्त गरेका थिए। संस्थाका संयोजक मंगल रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन ने बि संघ जिल्ला सहसचिव खडक अएडिले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार