बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • गैसस महासघं बाजुराद्धारा जिल्ला अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण

गैसस महासघं बाजुराद्धारा जिल्ला अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण

  • सोमवार, अशोज १२, २०७७
गैसस महासघं बाजुराद्धारा जिल्ला अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण

बाजुरा १२ असोज — गैर सरकारी संंस्था महासघं बाजुराको आयोजनामा १४ औँ सामाजिक सेवा दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । सप्ताहब्यापी बिभिन्न कार्यक्रम सहित आज जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेर सम्मपन्न गरेको हो ।

सप्ताहको रुपमा मनाएको गैसस बाजुराले आज जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरी समापन गरेको गैसस बाजुराका सचिव कृष्ण अधिकारीले बताएका छन ।


यस अघि बजार सरसफाई सन्ध्याकालिन दिप प्रज्वलन लगायत बिभिन्न कार्यक्रम गरिएको र आज समापनको दिन जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल बितरण गरी समापन गरिएको गैसस महासघं बाजुराका अध्यक्ष अग्नीराज शाहीले बताएका छन ।
आज गरिएको फलफुल बितरण कार्यक्रममा गैसस महासघंका अध्यक्ष अग्नी शाही, गैसस महासघंका केन्द्रीय सदस्य काशी बिक, जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापा, गैसस महासघंका सचिव कृष्ण अधिकारी, पत्रकार लक्ष्मीराज पाध्याय, स्वास्थ्यकर्मी लगायतको भब्य उपस्थितीमा फलफुल बितरण गरीएको गैसस महासघ बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार