शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • रानीबन युथ कल्वको बडिमालिका नगरपालिकालाई ४ बुँदे ध्यानाकर्षण

रानीबन युथ कल्वको बडिमालिका नगरपालिकालाई ४ बुँदे ध्यानाकर्षण

  • सोमवार, अशोज १२, २०७७
रानीबन युथ कल्वको बडिमालिका नगरपालिकालाई ४ बुँदे ध्यानाकर्षण
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खेल मैदान तत्काल ब्यबस्थापन गर्न बडिमालिका नगरपालिकालाई रानीबन युथ कल्वले ४ बुदे ध्यानाकर्षण पत्र बुझाएपछी नगरपालिका परिसरमा गरिएकाे फाेटाे शेसन । तस्बीर : लक्षमीराज पाध्याय

बाजुरा १२ असाेज —  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खेल मैदान तत्काल ब्यबस्थापन गर्न बडिमालिका नगरपालिकालाई रानीबन युथ कल्वले ४ बुदे ध्यानाकर्षण पत्र बुझाएकाे छ । रानीवन युथ कल्वले ४ बुदे ध्यानाकर्षण पत्र समेत नगरपालिकामा बुझाएको हो ।
जिल्लाकै मुटुको रुपमा रहेको बडिमालिका नगरपालिका मार्तडीमा खेलहरु संचालनका लागि खेल मैदान नभएको भन्दै रानीबन युथ कल्वका खेलाडीहरु आन्दोलीत भएर बडिमालिका नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको कल्वका प्रतिनीधी दिनेश शाही (डेबिड) ले बताए ।
तिहारहरुमा बिभिन्न कल्वहरुले आयोजना गर्दै आएका खेलहरु केही बर्षदेखी रोकीएका र बहुउदेस्यीय कर्बड हल पनी ब्यबस्थापनमा ढिलाई भएकोमा यथासिर्घ संचलन तथा निर्माण गर्न माग सहित ध्यानाकर्षण गरिएको कल्वका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताए ।
ध्यानाकर्षण पत्रमा तत्काल खेलमैदनको ब्यबस्थापन गरिनुपर्ने, निर्माणाधिन रहेको बहुउदेस्यीय कवर्डहलको निर्माण कार्य यथासिघ्र चाँडोभन्दा सम्पन्न गरिनुपर्ने, जिल्लामा खेलिने खेलहरु खेल प्रशिक्षककको ब्यबस्थापन गर्नुपर्ने र तत्कालका लागि वैकल्पीक खेल मैदान र खेलकुद साम्रगीहरुको ब्यबस्थापन गरिनुपर्ने लगायतका मागहरु रानीबन युथ कल्वका अध्यक्ष धुर्ब बहादुर रोकायाको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार