शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • साँफे–मार्तडी सडक : अगाडि बनाउदै पछाडि भत्कदै

साँफे–मार्तडी सडक : अगाडि बनाउदै पछाडि भत्कदै

तिन महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

  • सोमवार, अशोज १२, २०७७
साँफे–मार्तडी सडक : अगाडि बनाउदै पछाडि भत्कदै

बाजुरा, ११ असोज–साँफे–मार्तडी सडक तिन महिना देखि अबरोध रहेको छ । बिभिन्न ठाँउमा पहिरो र पुल बगाएपछि असार देखी अबरोध बनेको हो । पानि कम भए सँगै सडक बिभागले सडक खुलाउन प्रयास गरेको भएपनि अझै खुल्न सकेको छैन् ।
सडक खण्डको बुढिगंगा नगरपालिका १ बल्धे देखी द्धवारी सम्म डोजर अगाडि खोल्दै गएपनि पछाडी बाट सडक भत्किरहेको छ । सडक बिभागले सडक खुलाउनका लागि दुईतिन ठाँउ बाट डोजर लगाएको भएपनि अगाडि काम गर्दै पछाडी भत्कदै आएको सडक बिभागका ईन्जिनियर दमन बिष्टले वताए ।
एकचरणमा ट्रयाक खोलेका थियौ, फेरि पहिरो आएकोले समस्या भएको उनले वताएका छन् । तिन ठाँउमा दलदल पानि भएको र माथि बाट पहिरो आइरहेकोले सडक खुलाउन निकै समस्या भएको बिष्टले वताए । लागिरहेका छौ, हेरम असोज मसान्त सम्म सडक खुल्छकी उनले थपे । लगातारको बर्षा सँगै बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको बार्जुगाड देखी मार्तडी सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । त्यस्तै बुढिगंगामा बेलिब्रिज र ताप्रिसेरामा पुल बगाएको थियो ।
पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । अन्य ठाँउमा सडक खुलाएको भएपनि बुढिगंगाको बल्दे देखी द्धवारी सम्म करिब २ किलोमिटर सडक खोल्न निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । सडक खुलाउन सबै तिर पहल भइरहेको छ, सडक बिभागले पनि काम गरिरहेको छ, तर पहिरो आइरहने र केही ठाँउमा पानि भएकाले समस्या भएको उनले वताए । बुढिगंगा नदिमा बेलिब्रिजको लागि पनि भइरहेको गै्रहेले वताएका छन् ।
सडक सञ्चालनमा नहुँदा यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ । दैनिक उपभोग्य सामानको मुल्य पनि आकाशिएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको छ । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष पुर्ण रुपमा अबरोध भएको ब्यापारि हंश बहादुर सिंहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार