बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

  • शुक्रबार, अशोज ९, २०७७
छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ ।

१८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आक्रमण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ । महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा #mybodymychoice नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उत्तेजक पहिरनमा रोक लगाउने गरेको छ । गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल सजायँ सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अश्लीलता फैलाएको आरोप लगाइएको थियो ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार