शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • प्रहरीले एकैदिन पक्राउ गर्‍यो १५ फरार प्रतिवादी

प्रहरीले एकैदिन पक्राउ गर्‍यो १५ फरार प्रतिवादी

  • शुक्रबार, अशोज ९, २०७७
प्रहरीले एकैदिन पक्राउ गर्‍यो १५ फरार प्रतिवादी

जिल्ला अदालतले फैसला सुनाएपछि फरार रहेका १५ जना प्रतिवादीलाई सप्तरी प्रहरीले एकैदिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा दम्पतिदेखि ९८ वर्षीय वृद्धसम्मका छन् ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दामा कैद सुनाइएका ८ जना, कुटपिट अंगभंग मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग र कुटपिट, लुटपाट, जालसाजी, केही सार्वजनिक अपराध र लागूऔषध मुद्दाका एक/एक जना छन् ।

कुटपिट मुद्दामा बिभिन्न मितिमा सजायको फैसला सुनाइएका राजविराज नगरपालिका-९ बस्ने ४५ वर्षीय जुक्ति यादव, ६६ वर्षीय सुब्जी यादव, ४४ वर्षीय गुलाबलाल दास, राजविराज-१ बस्ने शत्रुद्यन यादव, ९८ वर्षीय उत्तिम लाल यादव, ४५ वर्षीय शंकरकुमार यादव, ३५ वर्षीय लक्ष्मण यादव, ३० वर्षीय लक्ष्मी यादव छन् ।

कुटपिट अङ्गभङ्ग मुद्दामा राजविराज-९ का सुबंश साह र उनकी श्रीमती लिलावती साहलाई पनि पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा राजविराज-९ बस्ने ७५ वर्षीय झौली मुखिया, लुटपिट मुद्दामा राजविराज-१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्दामा राजविराज-१ का ४१ वर्षीय बडेलाल यादव र जालसाजी मुद्दामा राजविराज-६ का झबर यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको उनले बताए ।

यस्तै, गत असारमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ मा फेला परेको लागूऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका-५ बस्ने ४५ वर्षीय ग्वाला मेहता भन्ने महेन्द्र मेहतालाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हत्यारा आरोपितले गरे आत्मसमर्पण

महदेवा गाउँपालिकामा एक वृद्धको हत्या आरोपीले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा सोही ठाउँका ५५ वर्षीय रविलाल यादव रहेका छन् । निवेदनका साथ उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए ।

गत वैशाख २३ गते कुटपिटको क्रममा ८० वर्षीय सुबीलाल यादवको मृत्यु भएको थियो । उक्त घट्नापश्चात आरोपित यादव फरार भएका थिए । प्रहरीमा आफैं‌ उपस्थित भएका यादवलाई अदालतमा उपस्थित गराई म्याद थपका साथै अन्य अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार