शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न,

खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न,

  • बुधबार, अशोज ७, २०७७
खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न,

राजेन्द्र बहादुर रोकाया  — खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितीको बैठक सम्पन्न भएको छ । गाउँपालिकामा हुने बिपदमाको पूर्ब तयारी लगाएतका बिषयमा छलफल गर्ने बैठक बसेको खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितिका अध्यक्ष गजेन्द्र सिंहले जानकारी दिएका छन । गाउँपालिकामा हुने बिपदको पूर्ब तयारी, समस्याको न्युनिकरण आस्तविक पिडितलाई दिनुपर्ने राहतका बिषयमा छलफल भएको सचिब बिष्णु धामीले बताए ।

अबका दिनमा वडा स्थरमा समिति गठन गरी अभियानको रुपमा संचालन गर्न सचिब धामीको भनाई रहेको थियो । खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितिका अध्यक्ष गजेन्द्र सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा संबिधान सभा सदस्य महाँ नेपाली रहेका थिए । कार्यक्र छेडेदह तालमा संचालन भएको थियो भने कार्यक्रमको संचालन खप्तड छेडेदह गाउँपालिकामा बिपद ब्यबस्थापन समितीका सचिव बिष्णु धामीले  गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार