बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • स्थानिय तहका कर्मचारीले बुझाए ३ बुँदे ज्ञापन पत्र

स्थानिय तहका कर्मचारीले बुझाए ३ बुँदे ज्ञापन पत्र

  • आइतवार, अशोज ४, २०७७
स्थानिय तहका कर्मचारीले बुझाए ३ बुँदे ज्ञापन पत्र

बाजुरा– बाजुरा जिल्लाका स्थानीय तहका कर्मचारीहरुले निर्बाचन अधिकृतको कार्यालयमा ३ बुदे ज्ञापन पत्र बुझाएका छन ।
निजामती कर्मचारीको हक हितका लागि बनाइएको आधिकारिक टे्रड युनियनको निर्वाचन २०७७ को स्थानीय तहका कर्मचारीले मतदान गर्न नपाउने गरी परिपत्र भएकाले सो विषयमा विरोध जनाउदै आइतबार स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्य समिति बाजुराले निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको स्थानीय तह हकहित मञ्च बाजुराका फोकल पसर्न नरेन्द्र नाथले बताए ।
यही भाद्र २९ गते मतदाता नामावली सम्बन्धी पत्र मार्फत सबै निर्वाचन अधिकृतहरुलाई पत्राचार गरेको छ । सोही पत्रको बुदा (१) मा निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम नियुक्त भएर हाल कार्यरत कर्मचारीहरु मतदाता हुन पाउने छन्भने कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु पनि मतदाता हुन पाउने भएपनि मतदानबाट बञ्चित गरेको स्थानीय तह हकहित मञ्च बडीमालिका अध्यक्ष बीरबहादुर विष्टले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार