• होमपेज
  • बडिमालिका
  • खप्तड मालिका युवा संजालद्धारा एकल हाजिरी जवाफ प्रतियोगीता

खप्तड मालिका युवा संजालद्धारा एकल हाजिरी जवाफ प्रतियोगीता

  • आइतवार, अशोज ४, २०७७
सेयर गर्नुहोस् :
खप्तड मालिका युवा संजालद्धारा एकल हाजिरी जवाफ प्रतियोगीता

मानबहादुर ऐडी — खप्तड मालिका युवा संजालद्धारा जोम मार्फत आज हाजिरी जवाफ प्रतियोगिता सम्पन भएको छ । संविधान दिवसको अवसर पारी युवा संजाल बाजुराको आयोजनामा उक्त प्रतियोगिता  जोम मार्फ संचालन गरी सम्पन भएको खप्तड मालिका युवा संजालका अध्यक्ष गणेश बहादुर रोकायाले बताए।

हाजिरी जवाफमा ७५ प्रतिशत सविंधान समन्धि र २५ प्रतिशत समसामुहिक विषयमा प्रश्न सोधिएको थियो ।
अध्यक्ष रोकायाका अनुशार हाजिरी जवाफ प्रतियोगिता भिडियो जोम मार्फत संचालन गरी १५ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो ।

१५ जना प्रतियोगी मध्य कन्चनपुरका जनक सिहं प्रथम भएको छन् भने दितृय नयन बोहोरा र तितृय पवन रेग्मी भएका छन् । गणेश राज जैशी , प्रकाश विष्ट र सुरेश रोकाया सान्तोना भएका छन् । प्रथम हुनेलाई १ हजार ५ सय दितृय हुनेलाई एक हजार र तितृय हुनेलाई ५ सय रुपैया प्रधान गरिएको महासचिव सुक्रराज बोहोराले बताए ।

कोरना भाइरसलाई मध्यनजर गर्दै बडिमालिका नगरपालिको प्राविधिक सहयोगमा जोम मिटिग मार्फत उतm प्रतियोगिता सुरु गरी आज सम्पन भएको खप्तड मालिका युवा संजाल बाजुराले जनाएको छ ।
युवा संजालका अध्यक्ष गणेश बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपालबार एसोसियसनका पुर्व महासचिव खम्व बहादुर खाती प्रमुख अथिती रहेका थिए ।
त्यस्तै सामाजिक अभियन्ता केपी खनाल विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिका आइटी अफिसर हेम थापा , नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापा गाएक रामबहादुर दानी लगाएत अथिती रहेका थिए ।
संजालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन महासचिव सुक्रराज बोहोराले संचालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार