शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ज्यूँदो सर्पको मास्क लगाएपछि…

ज्यूँदो सर्पको मास्क लगाएपछि…

  • आइतवार, अशोज ४, २०७७
ज्यूँदो सर्पको मास्क लगाएपछि…

बेलायतको म्यानचेस्टर सहरस्थित एउटा सहरी सार्वजनिक बसमा हालै निकै अनौठो र दुनियामा अन्त कतै नसुनिएको घटना भएको छ ।

सिटी बसमा यात्रा गरिरहेका एकजना व्यक्तिले आफ्नो घाँटीमा बेरेको अजंगको ज्युँदो सर्पले नै मुख छोपेर मास्कको काम चलाएका थिए ।

सुरुमा त बसमा यात्रा गरिरहेका मानिसहरुले उनले लगाएको मास्क ‘फन्नी’ रहेछ भन्ने ठाने । तर जब घाँटीमा बेरिएको सर्प चल्न थाल्यो मानिसहरुको होस ठेगानमा रहेन ।

नाम खुल्न नसकेका ती व्यक्तिले बसमा यात्रा गर्दा घाँटीमा ज्युँदो सर्प बेरेर त्यसैलाई मास्कको रुपमा प्रयोग गरेको घटनाको तस्वीर सार्वजनिक भएपनि ती व्यक्तिलाई भने प्रहरीले फेला पारेको छैन ।

म्यानचेष्टर सहरस्थित यातायात कार्यालयका अधिकारीहरुले उक्त भाइरल तस्वीरका बारेमा प्रतिक्रिया दिँदै सर्पको शरीर तथा उसको छालालाई मास्कको रुपमा प्रयोग गर्न नपाइने प्रष्ट पारेका छन् । त्यसैले ज्युँदो सर्प घाँटीमा बेरेर त्यसैको मास्क बनाउने ती व्यक्ति प्रहरी नियन्त्रणमा आउने र कानूनी कारवाही भोग्नुपर्ने निश्चित भएको छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार