शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • उर्मिला सफ्ट पोर्न स्टारः कंगना रनावत

उर्मिला सफ्ट पोर्न स्टारः कंगना रनावत

  • शुक्रबार, अशोज २, २०७७
उर्मिला सफ्ट पोर्न स्टारः कंगना रनावत

नायिका कंगना रनावतको सम्बन्ध बलिउडका अधिकांश कलाकारसँग विग्रिएको छ । आफूमाथि टिप्पणी गर्ने हरेक कलाकारको आलोचना गर्दै आएकी कंगनाले अब नायिका उर्मिला मातोण्डकरमाथि कडा टिप्पणी गरेकी छिन् ।

एक अन्तरवार्तामा उर्मिलाले भनेकी थिइन्–‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छिन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात हिमाञ्चल प्रदेशबाट नै सुरु भएको थियो ।’

कंगनाले यसको जवाफ दिदै एक भारतीय मिडियासँग भनेकी छिन्–‘मैले उर्मिलाको एक अपमानजनक अन्तरवार्ता हेरेँ । उनले जुन तरिकाले मेरो बारेमा कुरा गरेकी छिन्, त्यो मलाई उत्तेजित बनाउनका लागि हो । उनले मेरो संघर्षको मजाक बनाएकी छिन् । उनलाई थाहा छ कि, म भाजपा पार्टीबाट चुनाव लड्न चाहन्छु, जुन मेरा लागि ठूलो कुरा नै होइन ।’

कंगनाले उर्मिलामाथि कडा टिप्पणी गर्दै भनेकी छिन्–‘ उर्मिला एक सफ्ट पोर्न स्टार हुन् । मलाई थाहा छ यो थोरै भद्दा टिप्पणी हो । तर, उनी आफ्नो अभिनयका लागि कहिले पनि परिचित भइनन् । उनी, कुन कुराका लागि परिचित छिन् भन्ने सबैलाई थाहा छ । यदि, उनलाई कांग्रेसबाट टिकट मिल्यो भने मलाई किन मिल्न सक्दैन ।’ कंगनाको यो टिप्पणी आएपछि उर्मिलाको समर्थनमा केही बलिउडकर्मी देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार