शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • प्रहरी चौकी रिठाद्धारा अबैध मदिरा बरामत गरी नष्ट

प्रहरी चौकी रिठाद्धारा अबैध मदिरा बरामत गरी नष्ट

  • बिहिबार, अशोज १, २०७७
प्रहरी चौकी रिठाद्धारा अबैध मदिरा बरामत गरी नष्ट

बाजुुरा १ असोज — बाजुरा प्रहरीले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरी नष्ट गरेको छ । बुढीगंगा नगरपालिका ८ अस्थाई प्रहरी चौकी रिठा बजारले ना ३ ख ७२३६ नम्बरको ट्रकमा चेक जाच गर्दा ट्रक भित्र लुकाई छिपाई ल्याएको अबैध मदिरा ओरेन्ज नामको १ सय ९९ पेटी अबैध मदिरा, ३० पेटी भोट्का नामको मदिरा र ५ पेटी बियर बरामत गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।
बरामत गरीएको मदिरा बुुढीगंगा नगरपालिका ३ का ब्यापारी गोपाल थापाको रहेको बुझिएको प्रहरीले जनाएको छ । बरामत गरिएको अबैध मदिरा निषेधित क्षेत्र बुढीगंगा नगरपालिका ३ ताँप्रा लिनको लागि ल्याईएको प्रहरीले बताएको छ ।
ओरेन्ज नामको अबैध मदिरा बिक्रि बितरण गर्ने अनुति नै नभएकोले सम्बन्धित वडाका जनप्रतिनिधि नागरिक अगुवा प्रहरीको रोबरमा नष्ट गरिएको छ । भने ३० पेटी भोटका लेबलको मदिरा र ५ पेटी बियर बुढीगंगा नगरपालिकालाई बुझाएको त्यसको ब्यबस्थापन नगरपालिकाले गर्ने प्रहरी कार्यालयका सूचना अधिकारी ठगुन्नाले बताए ।
चेक जाचका क्रमा भ्याट बिल काटीएको तर बिना नामको रहेको प्रहरीले बताएको छ । पछिल्लो समय लकडाउनमा बाजुरा जिल्लाका मदिरा निशेधित स्थानिय तहहरुमा अबैध मदिरा ओसार पसार धेरै भईरहेको सुचनाको आधारमा चेकजाच गर्दा फेला परेको बताईएको छ ।
भदौ २३ गते मात्र २ सय पेटी अबैध मदिरा मदिरा निषेधित स्थानिय तह खप्तड छेडेदह गाउपालिका लिने क्रममा बुढीगंगा नगरपालिका २ को बल्दे नजिकै बरामत गरी नष्ट गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार