बिहिबार, बैशाख १३, २०८१

केही साइनो

  • बुधबार, भदौ ३१, २०७७
केही साइनो

१. लग्यो मित्र भएर
फर्कियो शत्रु बनेर
नदिनु नलिनु सापटी ।

२. सार उत्तरोत्तर
दुध-दही-नौनी-घिउ
संस्कारमा छ स्वाद-मूल्य ।

३. मठाधीश पुजारी
बस्दछन् कुशासनमा
लिप्त हुन्छन् कु-शासनमा ।

४. घना केश बादल
वर्षाउँछ विन्दु जल
गरम वदन-धर्तीमा ।

५. नाता गाँसियो कति
तोडेर पुरानो जति
स्वाद फेर्दा भयो दुर्गति ।

 

चर्चामा

सम्बन्धित समाचार