शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कार्यपालिकाको बैठकमा नगर प्रमुख र लेखाले खर्चको फाटबारी र बैंक स्टेटमेट पेश गर्न आनाकानी गर्ने गरेको १३ जना सदस्यको बिज्ञप्ती मार्फत आरोप

कार्यपालिकाको बैठकमा नगर प्रमुख र लेखाले खर्चको फाटबारी र बैंक स्टेटमेट पेश गर्न आनाकानी गर्ने गरेको १३ जना सदस्यको बिज्ञप्ती मार्फत आरोप

  • बुधबार, भदौ ३१, २०७७
कार्यपालिकाको बैठकमा नगर प्रमुख र लेखाले खर्चको फाटबारी र बैंक स्टेटमेट पेश गर्न आनाकानी गर्ने गरेको १३ जना सदस्यको बिज्ञप्ती मार्फत आरोप

बाजुरा ३० भदौ– असास महिनाको १० गतेसम्म नगरसभा गरिसक्नु पर्ने प्रबधान भए पनि बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले आर्थिक बर्षको दुई महिना सकिदासम्म नगरसभा गर्ने कुनै सुरसार गरेको छैन ।
नगर सभा नहुदा नगरपालिकामा कुनै पनि कामहरु अगाडी बढ्न सकेका छैन । नगरभाको छलफल गर्न बसेको बेठकमा नगर प्रमुख दीपक बिक्रम शाह र लेखा शाखाले गएको आर्थिक बर्ष ०७६÷ ०७७ को खर्चको फाटबारी र बैंक स्टेटमेट र योजनाको भुक्तानी बिभिन्न बिषयमा नगरकार्यपालिकाको बैठममा पेश नगरी आनाकानी गर्ने गरेको नेकपाबाट निबाचित १३ जना कार्यपालिका सदस्यहरुले १८ बुदा बिज्ञप्ती मार्फत जवाफ सहित माग गरेका छन् ।
बिज्ञप्तीमा नगरप्रमुख दीपक बिक्रम शाह जिल्ला स्थित रेडियो पत्रपत्रिकाका प्रमुखलाई सम्बोदन गरेर नगरपालिकाका १ देखी १० वडाका वडा सदस्य र नगरपासिहरुलाई अपील गर्दै आर्थिक बर्ष ०७४÷०७५ देखीको नगर कार्यपालिकाका सदस्यहरुको सृजित बिबादलाई समाधन गर्दै आर्थिक बर्ष ०७७÷०७८ को नगरसभाको रकम बिनियोजन र अनुमोदन गर्न ०७६ असार ६ गते देखी नगरकार्यपालिकाको बैठक बस्दै बिभिन्न बिषयमा छलफल हुदै नगर सभा सफल पार्ने कोसिसका बाबजुत नगर ससभा गर्न नगर प्रमुख लगाएत लेखा शाखाले नगरकार्यपालिकामा खर्चको फाटबारी र बैक स्टेटमेन्ट र रकमको भुक्तानीका बिभिन्न बिषयमा पेश गर्न आनाकानी गरेको सम्मानीत नगरकार्यपालिकाका सदस्यहरुको अपमान गरी नेपाल सरकारको नियम कानून र स्थानिय सरकार संचालन ऐन नियमावलीको सहित बेवास्था गरि नगरसभा गर्नमा असहयोग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा उल्लेखित बुदाहरु हेर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार