बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कालाजार रोगको प्रकोप

बाजुरामा कालाजार रोगको प्रकोप

जाँच गर्ने किट नहुदा रोग पहिचान गर्न समस्या

  • मङ्लबार, भदौ ३०, २०७७
बाजुरामा कालाजार रोगको प्रकोप

बाजुरा, ३० भदौ–बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामीको संख्या बढदै गएपछि त्यो क्षेत्रमा कालाजारको प्रकोप देखिन थालेको छ । बैशाख देखी असार सम्म ४ जना कालाजारको बिरामी देखा परेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् ।
बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाँउपालिकामा कालाजारको प्रकोप बढदै गएको स्वास्थ्यकर्मीले वताएका छन् । कालाजारका बिरामी त्यो क्षेत्रमा दिनप्रतिदिन बढदै गएपनि त्यो क्षेत्रमा भने जाँच गर्ने किट नहुदा संकास्मत बिरामी रिफर गर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
कालाजार जाँच गर्ने rk-39 भन्ने किट हुन्छ, तर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुइ महिना देखि सकिएको डा. जैशीले वताएका छन् । किट नभएपछि कालाजारको संकास्मत बिरामीलाई नेपालगञ्ज रिफर गरेको बताए । दुई महिना यता ४ जनालाई रिफर गरेको जैशीले वताए । स्वास्थ्य कार्यलय बाजुरामा पटक पटक सकिएको जानकारी गरेको भएपनि किट नपठाउदा बिरामीको उपचारमा समस्या भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
तराईका जिल्लामा देखिने कालाजार रोग पछिल्लो केहि बर्ष यता बाजुरामा पनि देखा पर्न थालेको छ । कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको डा. जैशीले वताएका छन् । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने किटका लागि प्रदेश बाट नै ढिला आएको बताए । बल्ल सदरमुकाम पुगेको केही दिनमा कोल्टि किट पुग्ने पन्तले वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने चिकित्सकले वताएका छन् । कालाजारको उपचार बाजुरामा हुदैन्, । उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउ पालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाहि र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।
यो क्षेत्रमा २ बर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार