शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्वास्थ्य कार्यलयको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि शुरु

स्वास्थ्य कार्यलयको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि शुरु

  • सोमवार, भदौ २९, २०७७
स्वास्थ्य कार्यलयको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि शुरु

बाजुरा–जिल्ला स्वास्थ्य कार्यलय बाजुराको आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा एवम योजना तर्जुमा गोष्ठि शुरु भएको छ । आर्थिक बर्ष ०७६।०७७ को समिक्षा र आर्थिक बर्ष ०७७।०७८ को योजना तर्जुमा गर्ने गरि गोष्ठि शुरु भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
समिक्षा गोष्ठिमा नौ वटा पालिका स्वास्थ्य संयोजक, गैर सरकारी संस्थाका प्रमुख लगायतका को सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने गोष्ठिको उद्घाटन जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकायाले गरेका थिए । उदघाटन कार्यक्रममा बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे लगायतको सहभागिता रहेको थियो ।
उदघाटन कार्यक्रममा शुभकामना मन्तब्य दिने प्रमुख अतिथि लगायतले गोष्ठिको सफलताको शुभकामना ब्यक्त गरेका थिए । साथै स्वास्थ्य क्षेत्रको मसिनो तरिकाले योजना बनाएर कार्यनवयन गर्न समेत सुझाब दिएका थिए । गोष्ठिको अध्यक्षता स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले गरेका थिए । सञ्चालन स्वास्थ्य कार्यलय रामचन्द्र यादवले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार