शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सन्दर्भ : बालदिवसकाे , तितामिठा अनुभव

सन्दर्भ : बालदिवसकाे , तितामिठा अनुभव

  • सोमवार, भदौ २९, २०७७
सन्दर्भ : बालदिवसकाे , तितामिठा अनुभव

म २०७३ सालमा जिल्ला बाल संन्जाल बाजुराको अध्यक्ष निर्बिरोध निर्वाचित भएको थिए । त्यतिबेला बाजुरा जिल्ला सबै गाविसका बालबालिका साथिहरूको प्रतिनिधित्व भएर म अध्यक्ष पदमा थिए । म अध्यक्ष हुँदै गर्दा कतै कतै बाट ठूलो सहयोग प्राप्त हुन्थ्यो र कतै बाट गाली खाईनथ्यो गाली चाहिँ के मानेमा खाइनथ्यो भने हिंसामा परेका बालबालिकाको वकालत गर्न गहिन्थयो दोषीलाई कार्वाही गराउदा दोषीहरू सबै गाली गर्थे त्यो गाली सहन्थ्यौ । जिल्ला बाल संन्जाल बाजुराले सबैलाई ठूलो अबसर पर्दान गरेको छ । त्तकालिन जिल्ला विकास समिति संग समन्वय गर्दै केही बालबालिका लक्षित कार्यक्रमहरू गर्यै । काम गर्दा गर्दा कहिले काहीँ धेरै समस्यहरू आउने गर्थे म अध्यक्ष हुने बेला कक्षा ९ मा पढ्थ्यो कहिले काहीँ पढाइ छुट्थ्यो तर मैले आफ्नो पढाईलाई कहिले पनि हानी हुन दिएन रातीको समयमा पनि पढ्ने गर्थे बाजुरा जिल्ला बालबालिकाले अधिकार पाउनु पर्छ भनी सदरमुकामका सबै तालिम,गोष्ठी हरूमा पुग्थ्यो ।
हामीले जिल्लामा बाल भेला गर्यौ। बाल विवाह सम्बन्धि सडकनाटक गरेका थियौ। बाल अधिकार बिकास सम्बन्धि रेडियो कार्यक्रम गर्यौ।बालमैत्री शासन लागु गर्नका लागि विभिन्न कार्यक्रमहरु संन्चालन गरेका थियौ अन्य कार्यक्रम पनि गरेका थियौ अब आउने पुस्तालाई मेरो सधै एउटा मात्र सन्देश छ “प्रतेक स्थानीय तहमा बाल संन्जाल निर्माण गराउनु पर्छ भनेर सल्लाह दिन्छ । यस्तै तितामिठा अनुभवहरू धेरै छन् केही सम्झनामा आएका कुराहरू लेखेको हु ।
बाल अधिकार भनेको के हो ?
बाल अधिकार भनेको बालबालिकाको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।
आज राष्ट्रिय बाल दिबसको अबसरमा सम्पूर्ण बालबालिका भाई बहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहान्छु । बाल दिवसलाई बालबालिकाकै सक्रिय सहभागितामा मनाऔँ । उनीहरुको सृजनात्मक क्षमता अभिवृद्धि, हक अधिकारको संरक्षणसंगै, बालबालिकालाई प्रत्याभुति गराउने खालका गतिविधि गरेर उनीहरुको भवना, चाहाना र ईच्छालाई मध्यनजर गर्दै समृद्ध समाज निर्माणमा दायित्व र जिम्मेवारी बोध गराऔँ ।

चर्चामा

सम्बन्धित समाचार