शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ आर्थिक सहयोग

काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ आर्थिक सहयोग

  • शुक्रबार, भदौ २६, २०७७
काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ आर्थिक सहयोग

बाजुरा–काठमाडौमा अलपत्र परेका बाजुराको बुढिनन्दा नगरपालिका १ का ६ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । उनलाई झलक कार्कीको समन्वयमा ३३ हजार ५ सय सहयोग गरिएको छ ।
अमेरिका बाट तिलक न्यौपाने १० हजार १ सय २८, काठमाडौं बाट दैबज्ञराज न्यौपाने २ हजार, मलेसिया बाट अबिरल सुनार को पहल मा मलेसिया टेक्निकास्ट कम्पनी मा कार्यरत नेपाली तथा बंगालि दाजुभाइ बाट एकमुष्ट १९ हजार ८ सय ३५ र गणेश लवार बाट १५ सय सहयोग गरिएको झलक कार्कीले वताएका छन् । शुसिलाको परिवारको अबस्था निकै दयनिय रहेको खबर बाहिर प्रकाशित पछि उनिहरुले सहयोग गरेका थिए ।
बडिमालिका खबरले शुसिलाको परिवार अलपत्र रहेको समचार प्रकाशित पछि शान्ति सेवा समाज काठमाडौले यो भन्दा पहिला सहयोग गरेको थियो । शुसिलाको श्रीमान सर्पलाल सार्की मानसिक रोगि भएकोले उनको उपचार पनि गर्ने संस्थाले वताएको छ ।
शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएको र लकडाउन हुँदा झन समस्यामा परेको छ । सुसीलाका श्रीमान सुस्त मनस्थीतीका भएकोले उनको उपचारका लागि नाबालक छोराछोरी समेत लगेर ९ महिना अगाडी काठमाण्डौ गएको स्थानियले वताएका छन् । उनको उपचार हुदाहुदै कोरोना महामारीका कारण लकडाउनमा परेकोले ४ महिनादेखी अलपत्र अबस्थामा रहेको मल्लले जानकारी दिएका छन । उनको परिवार ५ महिना अगाडी सम्म बजार जताततै भारी बोक्ने ज्यला मज्दुरी गरी खाने भए पनी हाल लकडाउनका कारण कुनै काम नपाएपछी उनका ३ छोराछोरी बुढो र आफु अलपत्र अबस्थामा रहेको सुसीलाले बताइन ।
शुसिलाको ६ जनाको परिवार काठमाण्डौ स्थित चन्द्रगिरी नगरपालिकाको छेउतिर जंगलको छेउँमा रहेको पुरानो छोडेको घरमा ओत लागेर बस्दै आएका छन् । लकडान पश्चात उनको परिवारका लागि नगरपालिकाले केही गर्नुपर्ने अबस्थामा नगरपालिका पनी बेखबर बनेको छ । नगरपालिकाले हुने खानेहरुको उद्धार गरेको भए पनी हुदा खानेको ब्यवास्था गरेको स्थानीयले बताउदै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार