शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • बि पि स्मृतिको अबसरमा अन्तरकृया कार्यक्रम

बि पि स्मृतिको अबसरमा अन्तरकृया कार्यक्रम

  • शुक्रबार, भदौ २६, २०७७
बि पि स्मृतिको अबसरमा  अन्तरकृया कार्यक्रम
दिलिप कुमार थापा

बि पि स्मृतिको अबसरमा बाजुराको मार्तडीमा बिपि बिचार र अन्तर्कृया कार्यक्रम भएकाे छ । सो कार्यक्रममा शिर्ष नेता देखि धेरै कार्यकर्ताले आ- आफ्ना महत्त्वपूर्ण भनाई र सुझाव राख्नु भएकाे थियाे ।  कार्यक्रममा पार्टी भित्रको कार्यक्रममा आत्म आलोचना र आत्मसमिक्षा गर्न सक्नु पर्थ्यो त्यो भने देखिएन । किनभने यसो गर्दा धेरै समस्याको समाधान भइ सहि मार्ग तयार हुने देखिन्थ्यो । कार्यक्रममा उपस्थित हुनु भएका धेरै जसो आउदै गरेको महाधिवेशनबाट वडा ,नगर ,जिल्ला ,प्रदेश र केन्द्र सम्म नेतृत्व लिने होडबाजीमा थिए त्यसकारण अझै स्पष्ट दृस्ठिकोण सहितको पनि कुरा आउनु पर्थ्यो।

कांग्रेस यति बेला चौधौं महाधिवेशनको संघारमा छ । र बाजुरा कांग्रेसको पनि सातौं महाधिबेशनमा छ। यो महाधिवेशन पहिलेको भन्दा अलि भिन्न परिस्थितिको हुनु पर्ने देखिन्छ किनभने बाजुरामा कांग्रेस बलियो हुदाहुदै पनि अधिबेशन र चुनावमा एक अर्कालाई सिध्याउन ,हिलो क्ष्याप्ने , आफुले टिकट पाउदा ठिक नत्र बेठिक भन्ने सङुचित खेलले कांग्रेस कम्जोर भएको भन्ने दुइमत छैन । त्यस्तै संविधानसभाको चुनाब पनि २ पल्ट हारेको हुनाले र जित्ने परिस्थिति बनाउनको लागि पनि अबको कांग्रेसको नेतृत्व चयन गर्दा पार्टी भित्र शिर्ष नेताको गहन छलफमा सहमतीका बिच नेतृत्व चयन हुन आबस्यक देखिन्छ ।
हिजोका दिन बाजुरा नेपाली कांग्रेस पार्टीको बोली र व्यवहारमा सधैं एकरूपता र समानता थियो र आज पनि हुनै पर्छ। तसर्थ, यति बेला प्रमुख प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले आफ्ना सांगठानिक जिम्मेवारी र आफैंभित्रको अन्तरक्रियालाई सघन बनाउँदै महाधिवेशनबाट आगामी दिनका लागि आफ्नो स्पष्ट दृष्टिकोण र मार्ग तय गर्नुपर्नेछ ।
त्यस्तै पार्टीले आफ्ना जनप्रतिनिधि बिचको एकता कायम गराउने देखि संगठनमा पनि हित्तचित्त भइ संगठनको निमित्त पनि काम गर्न पर्छ भनेर सुझाव सल्लाह पेश गर्न सक्नु पर्छ तब हामीले खोजेको र सोचेको जस्तो कांग्रेसको बन्न सक्छ।
आसन्न महाधिवेशन केवल नेतृत्व छनोटमा सीमित नभई बाजुरा नेपाली कांग्रेसले आफैंलाई सुन्ने, पर्गेल्ने, परिवर्तित परिस्थितिबारे आफ्नो स्पष्ट दृष्टिकोण बनाउने दिशामा केन्द्रित हुनुपर्छ । कांग्रेस पार्टीरूपी शरीरको नसा–नसामा रक्तसञ्चार गराउने समय यहीँ यो । संघीय संरचनाको हरेक तहमा पार्टीको सशक्त उपस्थिति अर्थात् केन्द्रदेखि गाउँको टोल टोलसम्म पार्टीको लहर सिर्जना गर्न सार्थक पहल आवश्यक छ । मुलुकको पुरानो र वस्तुपरक विचारको अग्रणी दल हुनुको नाताले कांग्रेसको जिम्मेवारी अन्य राजनीतिक शक्तिहरूको तुलनामा बढी छ । तर पार्टीले आगामी दिनमा त्यस्तो जिम्मेवारी वहन गर्न सक्दैन कि भन्ने शंका र त्रास युवा पुस्तामाझ स्पष्ट देख्न सकिन्छ ।

यो शंकालाई आसन्न बाजुराको महाधिवेशनबाट शब्दमा होइन व्यवहारमै चिर्नु आबस्यक छ । जनसंख्याका दृष्टिले संसारको ४९ औं ठूलो नेपाल युवाहरूको मुलुक हो । जनसंख्याको औसत मध्यम उमेर २४.६ वर्ष छ । र बाजुरामा पनि युवा जमात ठुलो छ र सक्षम पनि छन। यो उत्पादक युवा शक्तिलाई कांग्रेसले आर्थिक विकासका लागि सदुपयोग गर्ने रणनीति बनाउनुपर्छ । आगामी महाधिवेशनमा युवा र आर्थिक समृद्धि सम्बन्धित सिद्धान्त, विचार र दृष्टिकोण निर्माण गर्दै यो पुस्तालाई पार्टीमा आबद्ध गराउनुपर्छ । युबा पनि हाम्रा आफूनिकट भन्दापनि राम्रा युबालाई अबसर!दिने बाताबरण बनाऔं ।

माथीका सबै लेखक दिलिप कुमार थापाका ब्यक्तीगत बिचार हुन । 

चर्चामा

सम्बन्धित समाचार