मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • नेतृत्वको दुरदर्शितानै कांग्रेस विजयको आधार-पुर्व मन्त्री गिरी

नेतृत्वको दुरदर्शितानै कांग्रेस विजयको आधार-पुर्व मन्त्री गिरी

  • बिहिबार, भदौ २५, २०७७
नेतृत्वको दुरदर्शितानै कांग्रेस विजयको आधार-पुर्व मन्त्री गिरी

नेपाल विद्यार्थी संघ बाजुरा द्वारा आयोजित ” वर्तमान परिवेशमा बिपि बिचारको सान्दर्भिकता” बिचार गोष्ठी सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरिले बिपि को बाटो भनेकै समाजसेवाको बाटो भएको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा खटिन नेता कार्यकर्तालाई अपिल गर्नुभयो| पुर्व मन्त्री गिरिले नेपालमा समाबेशिताको जग नै महामानव बिपि कोईरालाले बसालेको स्मरण गर्दै कांग्रेस पार्टीले आगामी महाधिवेशनमा सबै जात,धर्म,लिन्ङ्ग,भुगोलको प्रतिनिधित्व सुनिस्चित हुने गरि पार्टीका संरचना निर्माण गर्नुपर्ने भन्दै आफू अन्याय भएका कार्यकर्ता र कांग्रेस पार्टीलाई न्याय गर्न जुनसुकै त्याग गर्न तयार रहेको बताउनु भयो| राजनीतिमा सबैले सबैको अपनत्व स्विकार नगर्नुको परिणामले जिल्लामा दुई दुई निर्वाचन हारेको स्मरण गर्दै पुर्व मन्त्री गिरिले (बिपि जयन्ती) आजकै दिनबाट पार्टी भित्र सहमति,सहकार्य र एकताको राजनीतिको थालनी गर्नुपर्ने अपरिहार्यता रहेको बताउनु भयो| एक फरक प्रसङ्गमा नेता गिरिले झण्डै दुई तिहाई जनमतको नेकपा सरकारले नागरिकका दु:खमा मलम पट्टी लगाउनको सट्टा उल्टै उल्टो बाटो हिडेर जनमतको धज्जी उडाएको बताउनु भयो| नेकपा सरकार राजनैतिक मात्र होईन कुटनैतिक रुपमा पनि असफल भएको भन्दै नेता गिरिले तत्काल छिमेकी राष्ट्रहरु संगको सम्बन्ध सुधार गर्नुपर्ने बताउनु भयो| नेपाल प्रती सधैं सहयोग,सहिष्णुता राख्ने छिमेकी मुलुक संगै अर्थतन्त्रमा ठूलो सहयोग गर्ने रास्ट्रहरु सङ्गको सम्बन्धमा अहिलेको सरकारले दरार पैदा गरेको बताउनु भयो।नेपाली कांग्रेस स्थापना कालदेखी राष्ट्रियता,लोकतन्त्र,समाजको लाई इतिहास कालदेखि लडिरहेको र महामानव बिपि कोइरालाका बिचार भुगोल मात्र नभई माटो,त्यहाका जनता,कार्यकर्ताको समस्यामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।नेपाली काङ्ग्रेसको आगामी महाधिवेशन पार्टी एकताको हुनेपर्ने,नेता कार्यकर्तामा फाटिएका मनहरु एकै ठाउँमा जोड्न आबश्यक रहेको र ग्रासरुट देखि केन्द्र सम्म सहमती, सहकार्यमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।सहमतिको प्रकृयामा अधिबेशन सम्पन्न गर्दा पार्टी भित्रका नेता कार्यकर्ता बिचको तिक्तता हट्ने र सबैले नवीन कांग्रेस निर्माणमा लाग्ने वातावरण सृजना हुने बताउनुभयो।उक्त कार्यक्रममा पुर्व मन्त्री जनकराज गिरि, पार्टी सभापति कबिराज पण्डित,पुर्व पार्टी सभापति मान बहादुर रावल,बरिस्ठ नेता, त्रिबेणि नगरपालिका नगरप्रमुख रामसिन्ह रावल, महसमिती सद्स्री पदम शाही,काङ्ग्रेस नेता बडिमालिकाका नगरप्रमुख पदम बडुवाल,पार्टी सचिव रनसिन्ह अयडी,नेपाल महिला संघकि केन्द्रिय सदस्य एवम् कांग्रेस महासमिति सदस्य नेतृ जुना दानी,कांग्रेस नेता तिलक पुरि लगायतको उपस्थिति थियो|

चर्चामा

सम्बन्धित समाचार