मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • त्रिवेणी
  • निजामति दिवसको अबसरमा खप्तड छेडेदह गाउपालिकाले सरसफाई तथा सडक मर्मत गरयाे

निजामति दिवसको अबसरमा खप्तड छेडेदह गाउपालिकाले सरसफाई तथा सडक मर्मत गरयाे

  • सोमवार, भदौ २२, २०७७
निजामति दिवसको अबसरमा खप्तड छेडेदह गाउपालिकाले सरसफाई तथा सडक मर्मत गरयाे

बाजुरा २२ भदौ– निजामति कर्मचारी सेवा दिवसको अबसरमा खप्तड छेडेदह गाउपालिकाले गाउपालिका ५ को बजार क्षेत्र भित्रमा सरसफाई तथा डोगडी देखी छेडेदह सम्मको सडक मर्मत गरिएको छ । दिवसकाे अबसरमा केहि नयाँ र फरक काम गर्ने गरि कर्मचारीहरुले सरसफाइ र सडक मर्मत गरेका छन् ।
गाउपालिकाका प्रशासकीय अधिकृत्त कष्णराज जोशीको नेतृत्वमा लगातारको बर्षाले बिगारेको सडक र बजार क्षेत्र सरसफाई गरिएको टोलीका सहभागी गाउपालिकाका ईन्जिनियर उपेन्द्र साउदले जानकारी दिएका छन् । सधैका बर्षमा भाषण र र्यालिमा मात्र कार्यक्रम हुने भएकाले याे पाली भने फरक तरिकाले मनाएकाे इन्जिनियर साउदले बडिमालिका खबरलाइ बताएका छन् ।
बिगारेको सडक मर्मत गर्दा सामान्यरुपमा गाउपालिका आवतजावत सहज भएको छ । बजारमा भएकाे सरसफाइ कर्मचारीनै आफै बटारेर सफा बनाउन लागेपछि स्थानियले कर्मचारीला धन्यवाद दिएका छन् । सडकमा फालेका फाेहाेर स‌ंक्लन गरेर ब्यबस्थित समेत गरेका छन् । स्थानियलाइ पनि सरसफाइ गर्नु पर्छ भन्ने प्रेरणा मिलेकाे स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार