शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ खाद्यन्न र उपचारमा सहयोग

काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ खाद्यन्न र उपचारमा सहयोग

  • शनिबार, भदौ २०, २०७७
काठमाडौमा अलपत्र शुसिला सार्कीको परिवारलाइ खाद्यन्न र उपचारमा सहयोग

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका १ का ६ जनाको परिवारलाई शान्ति सेवा गृह तिलगंगाले सहयोग गरेको छ । दलित परिवार काठामाण्डौमा अलपत्र परेको समचार प्रकाशित पछि संस्थाले सहयोग गरेको शुसिला सार्कीले वताएकि छन् ।
बडिमालिका खबर लगायतका सञ्चार माध्यममा शुसिला सार्कीको परिवार अलपत्र समचार प्रकाशित भएपछि शुसिलाको परिवारलाइ सहयोग गर्न उनिहरु बसेको ठाँउमा शान्ति सेवा गृहका कर्मचारी पुगेका थिए । उनको परिवारलाइ खाद्यन्न सहयोग र शुसिलाका श्रीमानको उपचार गरिदिने भएको शान्ति सेवा गृह तिलगंगाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । समचार प्रकाशित पछि तत्काल ६ जनाको परिवारलाइ एक महिनालाइ खाद्यन्न किनेर सहयोग गरेको कुवरले वताएका छन् ।
समचारमा शुसिलाको परिवार अलपत्र रहेको जानकारी पाएपछि सहयोग गरेको संस्थाले वताएको छ । शुसिलाको श्रीमान सर्पलाल सार्की मानसिक रोगि भएकोले उनको उपचार पनि गर्ने संस्थाले वताएको छ । अमृता फाउन्डेसनमा उनको उपचारका लागि कुरा भइरहेको चाडै उपचार शुरु गरिने भएको छ । शुसिलाको परिवारलाइ खाद्यन्न सहयोग सँग उनका बिरामी श्रीमानको घरमै पुगेर चेकजाँच गरिएको थियो ।
शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएको र लकडाउन हुँदा झन समस्यामा परेको छ । बुढिनन्दा नगरपालिका १ पिपलडाली गाउँकी सुसिला शार्कीको परिवार काठमाण्डौमा अलपत्र अबस्थामा रहेको बुढिनन्दा नगरपालिका हिमसिखर मल्लले वताएका छन ।
सुसीलाका श्रीमान सुस्त मनस्थीतीका भएकोले उनको उपचारका लागि नाबालक छोराछोरी समेत लगेर ९ महिना अगाडी काठमाण्डौ गएको स्थानियले वताएका छन् । उनको उपचार हुदाहुदै कोरोना महामारीका कारण लकडाउनमा परेकोले ४ महिनादेखी अलपत्र अबस्थामा रहेको मल्लले जानकारी दिएका छन । उनको परिवार ५ महिना अगाडी सम्म बजार जताततै भारी बोक्ने ज्यला मज्दुरी गरी खाने भए पनी हाल लकडाउनका कारण कुनै काम नपाएपछी उनका ३ छोराछोरी बुढो र आफु अलपत्र अबस्थामा रहेको सुसीलाले बताइन ।
शुसिलाको ६ जनाको परिवार काठमाण्डौ स्थित चन्द्रगिरी नगरपालिकाको छेउतिर जंगलको छेउँमा रहेको पुरानो छोडेको घरमा ओत लागेर बस्दै आएका छन् । लकडान पश्चात उनको परिवारका लागि नगरपालिकाले केही गर्नुपर्ने अबस्थामा नगरपालिका पनी बेखबर बनेको छ । नगरपालिकाले हुने खानेहरुको उद्धार गरेको भए पनी हुदा खानेको ब्यवास्था गरेको स्थानीयले बताउदै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार