सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • तीन महिना देखी बन्द साफे मार्तडी सडक बल्देसम्म यातायात संचालन

तीन महिना देखी बन्द साफे मार्तडी सडक बल्देसम्म यातायात संचालन

  • शनिबार, भदौ २०, २०७७
तीन महिना देखी बन्द साफे मार्तडी सडक बल्देसम्म  यातायात संचालन

बाजुरा २० भदौ– लगतारको बर्षाका कारण बन्द भएको साफे मार्तडी सडक बुढीगंगान नगरपालिका १ बल्देसम्म हिजोबाट यातायात संचालन भएका छन् ।
बर्षाले सडक खण्डको बिभिन्न ठाउ भासिएकोले बार्जुगाडसम्मको यातायात सेवा पहिरो पन्छाए पछि बल्देसम्म संचालन भएको सडक डिभिजन कार्यालय साफेबगरका इज्जिनियर दमन बिष्टले बताएका छन् ।
बार्जुगामा गएको पहिरो पन्छाउन तीन चार दिन लाग्यो, त्यो भन्दा यता साना साना धेरै पन्छाएर बल्देसम्म यातायत सन्चालन गरिएको बिष्टले बताए ।
बल्दे भन्दा यता पनि काम भईरहेको छ । बार्जुगाडको पहिरो बन्छाएर त्या प्रयोग भएका मेसिनहरु पनि द्धारीको पहिरो पन्छाउन लगाउने तयारी भईरहेको उनले बताए ।


द्धारीको पहिरो पन्छाउन कम्तिमा १५ देखी २० दिनसम्म लाग्न सक्ने उनले बताए । मौसमा हेरेर काम गर्नु पर्ने हुन्छ पहिरो अहिले पनि बगि रहेको छ । जोखिम मोलेर कोहि सकैले पनि काम गर्न सक्दैन र आज बनायो भोलि भत्कीहाल्ने हुदा राज्यको ढुकुटी सक्नु भन्दा मौसमा अनुकुलमा काम गर्नु परेको उनले बताए ।
२० दिनमा जडागासम्म सडक खोली सक्ने रफ्ताकार साथ काम अघि बढाएको छ । मेसिनहरु थप गरेर भए पनि सडक चाडो खुलाउने उनले बताए । ताप्रीसेराको घट्टे खोलामा त पानी सानो भएर खोलामा डाईभर्सन बनाएर यातायात संचालन भईसकेको र जडाँगाको लागि त्या सम्मको सडक खुलाउन सके सडकका बिभिन्न ठाउमा बेलिब्रीज रहेका छन । कुनै एक ठाउको ल्याएर जडान गर्न सकीने बिष्टले बताए ।
यो बर्ष बर्षाले साफे मार्तडी सडकको अबस्था कस्तो पारेको छ र के भईरहेको छ । स्थानियले जनजिबन कसरी चलाई रहेका छन फोटोमा हेर्नुहोस

चर्चामा

सम्बन्धित समाचार