शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • खोलामा बगेर बेपत्ता भएकि ईशु नेपाली परिवारलाइ राहत बितरण

खोलामा बगेर बेपत्ता भएकि ईशु नेपाली परिवारलाइ राहत बितरण

  • शुक्रबार, भदौ १९, २०७७
खोलामा बगेर बेपत्ता भएकि ईशु नेपाली परिवारलाइ राहत बितरण

हिमाली गाँउपालिका वडा नम्बर ५ कवाडी खोलाले बगाएर बेपत्ता बनाएकी ईशु नेपालीका परिवारलाई राहत बितरण गरिएको छ । पत्रकार महासंघ अध्यक्ष प्रकाश सिंह र पत्रकार लक्ष्मिराज पाध्यायले नगद पैशा लिएर कवाडी पुगेका थिए ।
ईशु नेपालीका वुवा दल नेपाली र आमा पञ्चु नेपालीलाई गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल मार्फत २० हजार नगद दिएका सहयोग गरिएको छ । अमेरिका बस्ने नेपालीहरुले बाजुराका बाढिपिडीतका लागि पठाएको सहयोग रकम बाट २० हजार सहयोग गरिएको थियो । त्यस्तै गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले ५ हजार र बडिमालिका खबरले पञ्चु नेपालीलाई लुगाकपडा किनेर सहयोग गरिएको पत्रकार लक्ष्मिराज पाध्यायले वताएका छन् ।
अमेरिका बाट गरिएको सहयोग रकमले यो भन्दा पहिला कोल्टि क्षेत्रमा बाढीपहिरो पिडितलाई सहयोग गरिएको थियो । अध्यक्ष सिंहले आर्थिक अभाबमा परेका परिवारलाइ खाद्यन्न सहयोग गर्ने रहेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार