मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • ५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा, २ सय बढी भए लकडाउन

५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा, २ सय बढी भए लकडाउन

  • बुधबार, भदौ १७, २०७७
५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा, २ सय बढी भए लकडाउन

सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्। साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ।

अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्।

त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन् .  । सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्। काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन्।

चर्चामा

सम्बन्धित समाचार