आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • मनोमानी राहत बितरण नगर्न बाजुरा प्रशासनको निर्देशन

मनोमानी राहत बितरण नगर्न बाजुरा प्रशासनको निर्देशन

मनाेमानी राहत वितरण कार्य नरोकिए कारवाही गर्ने प्रजिअकाे चेतावानि

  • आइतवार, भदौ १४, २०७७
मनोमानी राहत बितरण नगर्न बाजुरा प्रशासनको निर्देशन

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले आफू अनुकुल राहत वितरण कार्य बन्द गर्न निर्देशन गरेको छ । आधिकारीकता र अनुमति विना नै विभिन्न व्यक्ति वा संस्थाका नाममा वितरण गरिने राहत वितरण कार्य तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यलउ बाजुराले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालयको स्वीकृति विना राजनीतिक र व्यक्तिगत प्रचार बाजीका लागि वितरण गरिने राहतको आधिकारीकता र औचित्य पुष्टी नगरिएसम्म वितरण नगर्न सबैलाई सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । जिल्ला प्रशासन र स्थानीय तह समेतले सिफारिस नगरिएका व्यक्ति र परिवार खाद्यन्न राहत सामाग्री वितरण गर्ने गरेको कार्य गैर जिम्मेवार र गैर कानुनी भएकोले तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।

बाजुरामा दर्ता नै नभएका, कुनै आधिकारीकता प्रदान नगरेका र सेवाका नाममा सस्तो प्रचार गर्ने गलत उदेश्य सहीत प्रवेश गरेका व्यक्ति वा संस्थालाई अनुमति विना राहत वितरण नगर्न भनिएको छ । झापामा दर्ता भएको मेची काली बुहारी नामक संस्था र डोटीमा दर्ता भएको कारितास नामक संस्थाको नाममा गैर कानुनी रुपमा रातह वितरण गरिएको पाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । विपदका बेला वितरण गरिने राहतलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुमति र सिफारिसपछि मात्र वितरण गर्नु पर्ने प्रावधान रहेको छ । तर जिल्लामा केही व्यक्ति र संस्थाहरुले अनुकुलमा राजनीतिक रंग दिएर, व्यक्ति चर्चामा आउने गरी राहत वितरण गरिएकोले बन्द गर्न प्रशासनले परिपत्र समेत गरेको छ ।

दर्ता भएको जिल्ला प्रशासन कार्यालयलाई नै जानकारी गराईसकिएको र व्यक्तिलाई समेत पहिलो पटक सूचना मार्फत सचेत गराएको अधिकारी गैह्रेको भनाई छ । बाढी पहिरो प्रभावित क्षेत्र नभएको गाउँमा पुगेर राहत दिने, व्यक्तिलाई भेटेर राजनीतिका लागि राहत वितरण गर्ने, फेसबुकको सस्तो प्रचारमा लाग्ने गतिविधी रोक्न प्रशासन कडाइका साथ लागि पर्ने बताएको छ ।

बुढीगंगा नदी आसपास क्षेत्रमा यो वर्षको बाढीले बढी क्षती र नोक्सानी गरेपनि राहत कर्ताहरुले बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका सहीत प्रभाव नै नपरेको गाउँमा पुगेर पनि खाद्यन्न राहत वितरण गरिएको पाईएको प्रशासनले बताएको छ । स्थानीय तहलाई जिम्मेवार हुने गरी प्रशासन कार्यालयको अनुमति विना वितरण गरिने कार्य नरोकिए त्यस्ता व्यक्ति वा संस्थालाई संघ संस्था सञ्चालन निर्देशिका २०३४ अनुसार कारवाही गर्ने समेत बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार