शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश १
  • पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

  • आइतवार, भदौ १४, २०७७
पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पछिल्लो २४ घण्टामा देभभर १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या२२१पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, सुनसरीका ६० वर्षिय मोरङको ६२ वर्षिय, महोत्तरीका ७० र ३५   वर्षिय,  रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार