• होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा ५५ दिने सीप विकास सिलाई कटाई तालिम सुरु

कोल्टीमा ५५ दिने सीप विकास सिलाई कटाई तालिम सुरु

  • आइतवार, भदौ १४, २०७७
कोल्टीमा ५५ दिने सीप विकास सिलाई कटाई तालिम सुरु

नहकुल जोशी

काेल्टि– बाजुराको कोल्टीमा ५५ दिने सीप विकास सिलाई कटाई तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । यस अघि सिलाई कटाई तालिम लिई ए लेभल पुरा गरेका हलिया र दलित महिलाहरुका लागि सो तालिमको आयोजना गरिएको आयोजक एच आर सी बाजुराले जनाएको छ ।

अभिषेक होटलमा एचआरसी बाजुराका उपाध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा बुढीनन्दा नगर उपप्रमुख सृष्टि रेग्मीले उद्घाटन गर्नुभयो हो । महिलाहरु आत्म निर्भर बन्नका लागि यस्ता तालिम आवश्यक रहेको बताउदै उपप्रमुख रेग्मीले अझ विषेश गरेर पछाडी परेका बर्ग समुदायका महिलाहरुले यसलाई अवसरको रुपमा उपयोग गरी ब्यवसायीक बन्न आग्रह गर्नुभएको छ ।

तालिम भनेको सिप सिक्ने अवसर भएकाले त्यसलाई ब्यवहारमा लागु गर्नुृपर्ने तर्फ जोड दिदै अन्य सहभागिले सो तालिमको सफलताको सुभकामना ब्यक्त गरेका छन । एच आर सी बाजुराका आइएलो कार्यक्रम संयोजक सुरेन्द्र वडले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख रेग्मी, जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्की, लगायत प्रशिक्षक र सहभागिहरुको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय श्रम संगठन आइएलो, राष्ट्रिय मुक्त हलिया महाँसंघ नेपाल, जिल्ला मुक्त हलिया संघको सहकार्य र एच आरसी बाजुरा आयोजक रहेको तालिम आउदो कार्तिक महिना सम्म सञ्चालन गरिने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार