शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ५ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ

बाजुरामा ५ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ

  • शुक्रबार, भदौ १२, २०७७
बाजुरामा ५ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ
फाइल फाेटाे

बाजुरा : बडीमालिका नगरपालिका–७ जिल्ली (तल्लो पलान ) मा भैसी छानोमा लुकाएर राखेको अवस्थामा ५ नाल भरुवा बन्दुक सहित चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । एक जना भने फरार रहेका छन्।

पक्राउ पर्नेमा सोही वडाका सौयै लुहार, सुरेन्द्र लुहार, दलवीरे चदारा र धन लुहार रहेको जिल्ला प्रहरि कार्यलय बाजुराका सुचना अधिकार तथा प्रहरि निरिक्षक लोकेन्द्रसिं ठगुन्नाले वताएका छन् । उनका अनुसार गोरख लुहार भने फरार रहेको वताए । फरार रहेका गोरख लुहारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी गस्तीको टोलीले बन्दुक लुकाएर राखेको गोप्य सुचनाका आधारका पक्राउ गरेको निरिक्षक ठगुन्नाले बताएका छन् । पक्राउ परेका चारै जनालाई हातहतियार ऐन सम्बन्धी मुद्धा चलाउने प्रहरीले तयारी थालेको छ । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार