शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • रेडियो बुलेटिनले भोली जनप्रतिनिधि र सरोकारवालापक्षसग कोभिड १९ सम्बन्धी अन्तरक्रिया गर्ने

रेडियो बुलेटिनले भोली जनप्रतिनिधि र सरोकारवालापक्षसग कोभिड १९ सम्बन्धी अन्तरक्रिया गर्ने

  • शुक्रबार, भदौ १२, २०७७
रेडियो बुलेटिनले भोली जनप्रतिनिधि र सरोकारवालापक्षसग कोभिड १९ सम्बन्धी अन्तरक्रिया गर्ने

रेडियो बुलेटिन ८९.७ मेघाहर्जले भोली शनिबार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।बिश्व नै कोभिड १९ ले आक्रान्त पारीरहेको यो बिषम् परिस्थीतिमा मकवानपुरमा पनि पछिल्लो केही दिन यता निरन्तर संक्रमण बढीरहेको छ।यसैलाई मध्यनजर गर्दै रेडियो बुलेटिनले मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरु, संघियसभा सदस्यहरु, बागमति प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख र उपप्रमुख, हेटौडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, नागरिक समाज, स्वास्थ्य क्षेत्रका ब्यक्तिहरु तथा सुरक्षा निकायका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीबिच कोभिड १९ ले मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने भएको छ।

मकवानपुरबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र सरोकारवाला सबैसग मकवानपुरमा बढीरहेको कोरोनाको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न थालिएको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताउनु भयो।सबै मिलेर जाने हो भने कोभिड १९ बिरुद्धको लडाई जित्न सकिने तर कसैले पनि यसरी एकै ठाउमा राखेर सबै जनप्रतिनिधि र सरोकारवाला पक्षसग छलफल नचलाइरहेकोले आफुहरुले यो कार्यक्रम गर्न थालेको उहाको भनाई रहेको छ।कार्यक्रम भोली भाद्र १३ गते शनिबार बिहान ११ बजेबाट जुम एप मार्फत हुनेछ।

चर्चामा

सम्बन्धित समाचार