बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनःनियुक्ति ‘हल्लामात्रै’ !

विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनःनियुक्ति ‘हल्लामात्रै’ !

  • बुधबार, भदौ १०, २०७७
विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनःनियुक्ति ‘हल्लामात्रै’ !

मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तो आसयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन,’ कलाकार दीपकराज गिरिले लेखेको यो स्टाटसपछि सामाजिक सञ्जालमा एकाएक कुलमान घिसिङलाई बधाई ज्ञापन गरियो ।

फेसबुकदेखि ट्विटरसम्म धेरैले कुलमानलाई बधाई दिए भने सरकारलाई धन्यवाद । कतिपय सञ्चारमाध्यममा यसैलाई आधार मानेर समाचारसमेत प्रकाशित भए । तर केही समयपछि गिरिले नै उक्त स्टाटसको कमेन्टमा लेखे–नमस्कार, केही साथीहरु झुक्किइरहनुभएको छ । यस्तै निर्णय सरकारले गर्नुपर्छ भनिएको छ, निर्णय भएको छैन , तर केही छैन, तपाईँहरुको चासोले थप दबाब सिर्जना गर्नमा मद्दत पुग्नेछ । जय नेपाल !!’

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको म्याद भदौ २९ गतेसम्म छ भने अहिले उनीसहित केही आकांक्षी अहिले दौडधुपमा छन् । मंगलबार एकाएक सामाजिक सञ्जालमा केवल दबाब दिनका लागि मात्रै यस्तो हल्ला फैलाएको पाइएको छ ।

बाह्रखरीसँग कुरा गर्दै एक मन्त्रीले मंगलबार प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी कुनै पनि प्रस्ताव नआएको बताए । ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि मन्त्रालयको तर्फबाट मंगलबार कुनै प्रस्ताव नलगिएको स्पष्ट पारे ।

प्राधिकारको कार्यकारी निर्देशकका लागि घिसिङसँगै नवीनराज सिंह, हितेन्द्रदेव शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, हरराज न्यौपाने, शान्तिलक्ष्मी शाक्य लगायतका दौडधूपमा छन् ।

चर्चामा

सम्बन्धित समाचार