शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सौन्दर्य
  • पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

  • बुधबार, भदौ १०, २०७७
पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी हो यो । सफा पानी उमालेर त्यसैको वाफ लिन कतिपनि गाह्रो छैन । जबकी यसले अनेक लाभ मिल्छ ।

रुघाखोकी लागेको छ भने त पानीको वाफले निकै प्रभावकारी काम गर्छ । नाक बन्द भएको अवस्थामा पनि पानीाको वाफ लिन सकिन्छ । त्यसबाहेक सौन्दर्य अर्थात छालालाई चम्किलो र मुलायम बनाउन पनि पानीको वाफ लिने गरिन्छ ।

छालामा चमक

यसले अनुहारको चमक बढाउन पनि काम गर्छ । अनुहारको सौन्दर्यका लागि पानीको वाफ लिने प्रचलन पनि नभएको होइन । जब तातो पानीको वाफ लिइन्छ, त्यसले छालाको छिद्रहरुलाई खुला गर्छ । रोम छिद्रमा जम्मा भएका मैलालाई बाहिर निकाल्छ । यसले छालाभित्र विकार रहन पाउँदैन । छालामा रक्तप्रवाह पनि राम्ररी हुन पाउँछ । नतिजा के हुन्छ भने, अनुहार चम्किलो, मुलायम र सफा देखिन्छ ।

निश्चित समयमा यसरी पानीको वाफ लिन सकिन्छ । पानीमा ताजा पुदिना वा गुलाफ पनि मिसाउन सकिन्छ ।

बन्द छिद्रहरु खोल्ने

अनुहारमा रहेका बन्द छिद्रहरु खोल्नका लागि सबैभन्दा राम्रो तरिका हो वाफ लिनु । तातो वाफले तपाईंको डेड स्किनलाई निकालिदिन्छ र अनुहारको छिद्रहरुलाई सास फर्ने मद्दत गर्छ । यसबाट छाला भित्रैदेखि सफा हुन्छ, जसको अर बाहिर पनि देखिन्छ ।

रक्तप्रवाह

अनुहारमा वाफ लिँदा छालाभित्र राम्ररी रक्तसञ्चार हुन्छ । वाफ परेपछि छाला एकदमै स्वस्थ हुन्छ । यदि आफ्नो अनुहारको रंग बदल्न हो भने हप्तामा एक पटक वाफ लिनुपर्छ ।

डन्डिफोरको समस्यामा

जब छालाभित्रको तैलिय ग्रन्थि फोहोरले भरिन्छ, त्यतिबेला डण्डीफोर निस्किने सम्भावना पैदा हुन्छ । यस्तोमा स्टिमिङ गरेर उक्त फोहोरलाई बाहिर निकालिन्छ, जसबाट तैलिय ग्रन्थीले सही ढंगबाट काम गर्न सक्छन् ।

छालालाई कसरी

छालामा चाउरी पर्न थालेको छ भने त्यसले पाको उमेरको देखाउँछ । तर, नियमितरुपमा वाफ लिने हो भने यसले अनुहारलाई कसिलो बनाउँछ । त्यसैले हप्तामा एक पटक आफ्नो अनुहारमा वाफ अवश्य लिने गरौं ।

चर्चामा

सम्बन्धित समाचार