बाजुरा — बाजुरा जिल्लामा स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले सार्बजनीक सुचना प्रकाशन गरेको छ । कृषि ज्ञान केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सो सुचना प्रकाशन गरिएको हो ।
बाजुरा जिल्लाको जुकोट पाण्डुसैन लगायतका क्षेत्रमा फलेको स्याउ टिप्ने समय नजिकै आएकोले सो को ढुवानी अनुदानका लागि सुचना प्रकाशन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताएका छन ।
बुढिनन्दा नगरपालिकाको लागि सुचना प्रकाशन भईसकेको र स्वामी कार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका लागि अर्को सुचना प्रकाशन गर्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले जानकारी दिएका छन ।
कृषि ज्ञान केन्द्र बाजुराकाे सार्बजनिक सुचना जस्ताको तस्तै तल हेर्नुहोस
बिषयः स्याउ ढुवानी काअनुदानका लागी सूचना प्रकाशन गरिएको वारे ।
उपर्युक्त सम्वन्धमा यस कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्याउ ढुवानी तथा वजारीकरण सहयोग कार्यक्रम अन्तरगत स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराईने भएकोले तपशिल अनुसारको शर्तहरु लागु हुने गरी स्याउ ढुवानी गर्न ईच्छुक कृषक तथा ढुवानी कर्ताका लागी यो सुचना प्रकासन गरिएको छ ।
तपशिलः
पुनश्चः स्वामिकार्तिक र जगन्नाथ गाउँपालीकाको स्याउ ढुवानिका लागि अर्को सुचना प्रकाशित गरिनेछ रदर रेट असोज महिनाको पहिलो हप्ता सम्मका लागि मात्र लागु हुनेछ।