आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • बुढीगंगा
  • उपचार गर्न गएका शाह मृत्त अबस्थामा फेला

उपचार गर्न गएका शाह मृत्त अबस्थामा फेला

  • मङ्लबार, भदौ ९, २०७७
उपचार गर्न गएका शाह मृत्त अबस्थामा फेला

 बाजुरा —  बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् ।  मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक हाम फालेर मृत्यु भएकाेे  दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् । पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने निउमा झारीमा गएर बुढीगंगा नदिमा आम फालेर अछाम जिल्लाको साफेबर नगरपालिका ७ भम्खाना पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन ।
पिसब गर्न गएका शाह बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराएको र जानकारी पछि प्रहरीले खोजि गर्दा अछामको साफेबर नगरपालिका ७ भम्काना पुल नजिक फेला परेको र उक्त फेला परेको लास आफ्नो भाई मदनबहादुर शाहको भएको उनका दाजु तपेन्द्र शाहले बताएको प्रहरी निरिक्षक ठगुन्नाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार