बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • चिकित्सक र नर्स माथिको दुव्र्यवहार नेविसंघलाई अस्वीकार्य-महामन्त्री तिमल्सिना

चिकित्सक र नर्स माथिको दुव्र्यवहार नेविसंघलाई अस्वीकार्य-महामन्त्री तिमल्सिना

  • मङ्लबार, भदौ ९, २०७७
चिकित्सक र नर्स माथिको दुव्र्यवहार नेविसंघलाई अस्वीकार्य-महामन्त्री तिमल्सिना

बिश्वब्यापी महामारी काेबिट १९ ले आज बिश्व नै ग्रसित छ​। यो महामारी नेपालमा पनि दिनानुदिन बढिरहेको छ​। क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स लगाएत स्वस्थ्यकर्मिहरु र हामी सबैलाई सुरक्षित राख्न निरन्तर कृयाशिल सबैको कार्यको सही मूल्यांकन गर्दै यो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक रहेकाे नेबिसघं केन्द्रीय महामन्त्री बलदेव तिमल्सिना  तिमिल्सेनाले बिज्ञप्तीमा मार्फत जनाएका छन ।
हालसालैका केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, संक्रमितको स्याहार तथा कर्तब्य परायणमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ​। त्यसैले हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने Front Line Workers लाई सम्मान गर्ने गरौँ। आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले पनि अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ  तिमिल्सेनाकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार