बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • आज ८ जना कोरोना संक्रमितको मृत्यु

आज ८ जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, भदौ ८, २०७७
आज ८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ।

पाँच वटा जिल्लाका पाँच पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र तीन जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रुपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार