शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भोक रोग र शोकले त्राही-त्राही छ

भोक रोग र शोकले त्राही-त्राही छ

  • शनिबार, भदौ ६, २०७७
भोक रोग र शोकले त्राही-त्राही छ

संघियताले गर्दा जनता मा आर्थिक भार भयो,
एउटै सन्तानमा क्षेत्रिय प्रसाशनले तक्रार भयो।

देश भित्र छैन आयश्रोत आनाको रुपिया खर्च,
महेँगी जनताको माँझमा अहिले लगातार भयो।

रेमिटेन्सीले कसरी धान्छौ बिदेशमा रोजी ठपछ,
कोरोना बिदेशी भगाउँने अरूलाई आधार भयो।

फाल अब यो वेमेलछ देशमा संघियता स्वाए न,
हाम्रो देशका जराकाट्ने संघियता औजार भयो।

भोक रोग र शोकले त्राही-त्राहीछ देशकै जनता,
देशको दोहन छिमेक बाट पनि बारम बार भयो।

भन्न त सरकारले समाजवादतिर अनमुख भन्छ,
सरकार प्रतिकृयावादी पुँजीवादी एकसार भयो।

भन्छन समानता मुलक समा बेशी हा हा कस्तो,
यँहा त सदै जातीमा छुवाछुतले मारा मार भयो।

छि घिनलाग्छ यो बिना नीतिको राज देखेर अब,
पार्टीहरुमा राज नीतिको नै आज ब्यापार भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार