शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा भारत बाट आएका क्वारेनटाइन नबसेर गाँउ डुल्दै, बडिमालिका नगरपालिका र प्रशासन बेखर

मार्तडीमा भारत बाट आएका क्वारेनटाइन नबसेर गाँउ डुल्दै, बडिमालिका नगरपालिका र प्रशासन बेखर

  • शनिबार, भदौ ६, २०७७
मार्तडीमा भारत बाट आएका क्वारेनटाइन नबसेर गाँउ डुल्दै, बडिमालिका नगरपालिका र प्रशासन बेखर

भारत बाट आएकालाई अनिवार्य क्वारेनटाइनमा राख्नुपर्ने सरकारको निर्णय भएपनि बाजुरामा भने क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेका छन् । सदरमुकाम मार्तडी रहेको वडा नम्बर ९ का गगी चदारा १ हप्ता पहिला भारत बाट आएपनि उनि क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेका छन् । स्थानियले भने उनि भारत बाट आएको १ हप्ता भएको छ, तर क्वारेनटाइन नबसेर सदरमुकाम मार्तडी र गाँउ डुलिरहेको वताएका छन् । उनि मात्र नभइ नगरपालिकामा अन्य गाँउमा पनि क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेको स्थानियले वताएका छन् ।
भारत बाट आएर क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेको भएपनि नत बडिमालिका नगरपालिकालाई जानकारी छ, न प्रशासनलाई समेत जानकारी छैन् । नगरपालिकाका स्वास्थ्य ंसंयोजक टेक बहादुर खडका भन्छन्, यो बिचमा भारत बाट कोही नआएको आफु कहाँ जानकारी नभएको वताए । कोही लुकिछिपि भएर आएको भए आफुलाइ कुनै जानकारी नभएको वताए । अझ स्वास्थ्य कार्यलय बाजुरा सँग त भारत बाट आएर क्वारेनटाइनमा नबसेर गाँउ डुलेका कति छन्, तथ्याङ्क समेत छैन् ।
बुढिगंगा नगरपालिकामा भारत बाट आएकालाई क्वारेनटाइनमा नराखेर घर पठाउने गरेको पाईएको छ । नगरपालिकामा भारत बाट आएका ३९ जनालाई क्वारेनटाइनमा नराखेर घर पठाइएको छ । नगरपालिकाले होम क्वारेनटाइनमा बसिरहेको भनेतापनि होमक्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेका छन् । स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख अशोक सिंहले भने यो बारेमा कार्यलयलाई कुनै जानकारी नभएको वताए ।

चर्चामा

सम्बन्धित समाचार