शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका उपमेयरले दर खाने रकम बचाएर एकल महिलालाइ सहयाेग

बडिमालिका नगरपालिका उपमेयरले दर खाने रकम बचाएर एकल महिलालाइ सहयाेग

  • शुक्रबार, भदौ ५, २०७७
बडिमालिका नगरपालिका उपमेयरले दर खाने रकम बचाएर एकल महिलालाइ सहयाेग

बाजुरा — बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले यस पालीकाे तिजमा दर खाने रकम बचाएर नगरपालिका भित्रकी एक महिलालाइ सहयाेग गरेकी छन ।  अाज हरितालिका तिजको अवसरमा उपप्रमुख बिष्टले वडिमालिका नगरपालिकाका एकल महिलालाई खाद्यान्न सहयोग गरेकी हुन ।
उनले वडिमालिका नगरपालिका वडा नं २ की सिद्धा नेपाली, वडा नं ७ की नामसरा पाध्याय र वडा नं ८ की गंगा थापालाइ  ३० केजी चामल, २ पोका तेल, १ पोका नुन वितरण गरेर तिज मनाएकी छन ।  उनले एकल महिलाका लागि खाद्यान्न सहयोग गरेपछि केही दिनका लागि भएपनि राहात हुने भएकाले आफुले आफ्नो तिज खर्च कटाएर राहात सहयोग गरेको बताएकी छन् ।
उप प्रमुख बिष्टले अघिल्लाे बर्ष बडिमालिका नगरपालिका वडा न ५ का  मना गाउँका ५ जना बालबालिका लाइ पनी तिजकै दर खाने पैशा बचाएर सहयाेग गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार