बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • तिन काठेपुल बगायो , ५२ परिवार पहिरोको उच्च जोखिममा

तिन काठेपुल बगायो , ५२ परिवार पहिरोको उच्च जोखिममा

  • बुधबार, भदौ ३, २०७७
तिन काठेपुल बगायो , ५२ परिवार पहिरोको उच्च जोखिममा
फाइल तस्बीर

राम बहादुर बिक — गौमुल गाँउपालिका वडा नं ३ गर्जेमा तिन वटा काठे पुल बगाएको छ । हिजो राती आएको अविरल बर्षासगैं आएको बाढिले ३ वटा पुल बगाएको गौमुल गाँउपालिका वडा नं ३ का स्थानिय कलक बहादुर बोहराले. बताएका छन ।
उनका अनुसार अविरल बर्षासंगै हलोगाडे खोलाको बहाव बढेसंगै चार वटा काठे पुल बगाइसकेको र एक झुलङ्खे पुल उच्च जोखिममा रहेको बताए । काठे पुल बगाएपछी आवतजावत गर्न समस्या भएको स्थानियहरुले बताएका छन् ।
हिजो राती आएको बाढि पहिरोले सोही गाउँका ५२ घर परिवार उच्च जोखिममा रहका छन् भने मानिसलाई एक ठाँउबाट अर्को ठाँउ जान निकै सकस भएको स्थानिय कलक बहादुर रोकायाले बताएका छन् । चार ओटा काठे पुल थिए , चारै ओटा काठेपुल बगाएपछी गाई बस्तुलाई एक ठाँउ बाट अर्को ठाँउमा लिन पनी नसकिएको स्थानिय बोहारो बताए ।
त्यस्तै हिजो.राती आएको अविरल बर्षाले एक घट्ट बगाइदिएको र एक घट्ट उच्च जोखिममा रहेको स्थानियहरुले बताएका छन् । घट्ट बगाएपछी स्थानियहरुलाई अन्न पिस्न निकै समस्या भएको बताइएको छ । पुलहरु बगाएपछी गाईबस्तु मानिसहरुलाई आवत जावत गर्न समस्य भए संगै गर्जे गाँउनै पहिरो र बाढिको उच्च जोखिममा रहेको स्थानिय कलक रोकायाले बडिमालिका खवरलाई खवर जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार