बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • गृह मन्त्री राम बहादुर थापा लगायतकाे टाेली बाजुरामा (फाेटाे सहित)

गृह मन्त्री राम बहादुर थापा लगायतकाे टाेली बाजुरामा (फाेटाे सहित)

  • मङ्लबार, भदौ २, २०७७
गृह मन्त्री राम बहादुर थापा लगायतकाे टाेली बाजुरामा (फाेटाे सहित)

गृहमन्त्री राम बहादुर थापा लगायतकाे  टोलि सुर्खेत बाट बाजुरा पुगेकाे छ र। लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनको लागि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा पुगेकाे हाे  ।
साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी भएका छ । भने बडिमालिका नगरपालिका २ आ वडा अध्यक्ष डम्मर महत्तकी आमा बेपत्तता भएकी छ ।
गृहमन्त्री सहितको टोली बाजुरामा साउन २६ गते देखीको आउने सेडुल रहेको भएपनि मौसम अनुकुल नभएर आउन सकीरहेका थिएनन ।
गृहमन्त्री सहितको टोली काठमाण्डौबाट जहाजमार्फत सुर्खेत आउने र सुर्खेतबाट हेलिकप्टर मार्फत बाजुरा आउने कार्यक्रम रहेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार