शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री सहितको टोली बाजुरा आउदै

बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री सहितको टोली बाजुरा आउदै

  • मङ्लबार, भदौ २, २०७७
बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री सहितको टोली बाजुरा आउदै

पदमबहादुर सिंह/ बाजुरा– लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनको लागि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा आउने भएको छ ।
साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी भएका छ । भने बडिमालिका नगरपालिका २ आ वडा अध्यक्ष डम्मर महत्तकी आमा बेपत्तता भएकी छ ।
गृहमन्त्री सहितको टोली बाजुरामा साउन २६ गते देखीको आउने सेडुल रहेको भएपनि मौसम अनुकुल नभएर आउन सकीरहेका थिएनन ।
गृहमन्त्री सहितको टोली काठमाण्डौबाट जहाजमार्फत सुर्खेत आउने र सुर्खेतबाट हेलिकप्टर मार्फत बाजुरा आउने कार्यक्रम रहेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिएका छन ।
टोलीमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह सहितको टोली रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिएका छन । टोली काठमाण्डौ एर्पोटमा गैसकोको केही समयमै जहाज उडेने सूचना प्राप्त भएको जनाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार