बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिच्चलीमा लालि महतको परिवार, बाढिले घर बगायाे (भिडीयाे सहित)

बिच्चलीमा लालि महतको परिवार, बाढिले घर बगायाे (भिडीयाे सहित)

  • सोमवार, भदौ १, २०७७
बिच्चलीमा लालि महतको परिवार, बाढिले घर बगायाे (भिडीयाे सहित)

बिच्चलीमा लालि महतको परिवार श्रीमानको लडेर मृत्यु भयो, घर र जग्गा पहिरोले बगायो कसै कसैको त सधै दुख पाइरहने भाग्यमा नै हुन्छ । एउटा पिडामा मलम नलाग्दै अर्को पिडा थपिने गरेको छ । भनिन्छ जहाँ गहिरो त्यहाँ पहिरो भने झै, अर्को जो कमजोर जो असाहय त्यहि परिवारमा झन झन पिडा थपिने गरेको पाईन्छ । बडिमालिका ४ बस्ने लालि महतलाई यस्तै पिडा भएको छ । गएको बर्ष उनका श्रीमान दल बहादुर महतको घर नजिकै लडेर मृत्यु भयो ।

यो बर्ष बुढिगंगा नदिमा आएको बाढिले घर र भएको जग्गा सबै बगाएर लगेको छ । एउटा पिडा त श्रीमान मृत्यु छदै छ अर्को पिडा उनलाई घर जग्गा बगाएको सहि न सक्नु पिडा भएको छ । साउन २५ गते आइतबार राति बुढिगंगा नदिमा आएको बाढीले लालि महत भएको सबै सम्पत्ति बगाएको थियो । उनका ९ बर्षका छोरा नरेश महत र ६ बर्षका छोरा चरित्र महत रहेका छन् । भएको सबै सम्पत्ति बगाएपछि उनको परिवार अहिले स्थानिय बिद्यालयमा बसिरहेका छन् ।

अरुले दिएको खाद्यन्नले छाक टारिरहेका छन् । बिद्यालय सञ्चालन भएपछि कहाँ बस्ने भन्ने चिन्ता शुरु भएको छ । उनको परिवार बिच्चलीमा रहेको छ । गएको बर्ष श्रिमानको घरमै लडेर मृत्यु भयो, अहिले घर सम्पत्ति र जग्गा सबै बगाएर लगिसक्यो २ नाबालक बच्चा छन्, अब कसरी पाल्ने कहाँ बस्ने भनेर भक्कानिदै रून भन्न थालिन्, ।

उनले थपिन कमजोरलाइ मात्र बिपत्ति आउने रहेछ, त्यसैमा त गरिब थियौ झन गरिबिले पिडा दिएको उनले वताएकि छन् । २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले लालि महत जस्तै धेरैका घर जग्गा बगाएको छ । धेरै परिवार बिस्थापित भएर पालमा बसिरहेका छन् । नदिले साँफे मार्तडी सडक खण्ड तहसनहस बनाएको छ भने नदिमा रहेका पुल समेत बगाएको छ ।

https://www.youtube.com/watch?v=0IOS3ruCJ6c

चर्चामा

सम्बन्धित समाचार