बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर

विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर

  • सोमवार, भदौ १, २०७७
विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर

एजेन्सी – बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।

उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म १.१ करोडभन्दा बढी डिसलाइक आइसकेको छ । यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्येमा दोस्रो नम्बरमा पप स्टार जस्टिन बीबरको थियो । उनको सन् २०१० मा आएको ‘बेबी’ गीतमा १.१६ करोड डिसलाइक गरिएको थियो ।

यसैगरी, सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोको पहिलो नम्बरमा भने स्वयं यूट्युबले पोस्ट गरेको ‘२०१८ रिभाइन्ड’ भिडियो थियो । जसमा १.८६ डिसलाइक आएको थियो ।

गत अगस्ट १२ मा रिलीज भएको ‘सडक २’ को ट्रेलरलाई सामाजिक सञ्जालमा नेपोटिज्मलाई प्रशय दिएको नाममा ट्रोल गरिएको छ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि यो मुद्दा निकै चर्चामा छ ।

महेश भट्टको फिल्म ‘सडक २’ मा उनकी छोरी तथा अभिनेत्री आलिया भट्ट, पूजा भट्टका साथै संजय दत्त, निर्माता सिद्धार्थ रोय कपूरका भाई आदित्य रोय कपूर पनि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार