शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका मिडिया हाउसको समन्वयमा बाढी पिडीतलाई राहत सहयोग

बडिमालिका मिडिया हाउसको समन्वयमा बाढी पिडीतलाई राहत सहयोग

  • आइतवार, साउन ३२, २०७७
बडिमालिका मिडिया हाउसको समन्वयमा बाढी पिडीतलाई राहत सहयोग
बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी बितरण तस्बिर : लक्ष्मीराज पाध्याय

बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगटीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रागी बितरण गरिएको हो ।

बडिमालिका नगरपालिका २ घागरका ४ परिवारलाई राहत आज बडिमालिका नगरपालिका वडा न २ का वडाअध्यक्ष डम्मर महतको समन्वयमा राहत साम्रागी बितरण गरिएको मिडिया हाउसका प्रकाशक तथा सम्पादक प्रकाश सिहंले बताए ।

वडा न २ का अति पिडीत रहेका लालि महतको परिवार करबिर नाथ, धनी महत र अम्मर महतको परिवारलाई चामल, कम्मल, म्याट, र एक/ एक जोडी लगाउने लुगा, साबुन तेल लगायतका साम्रागी बितरण गरेको सिंहले बताए ।

प्रति परिवार एक कट्टा चामल, परिवारका सदस्यहरुलाई एक/एक जोर लगाउने लुगा, कम्मल, साबुन तेल लगायतका साम्रगी बितरण गरिएको छ । यसरी सहयोेग गरेकोमा सहयोेगीहरुलाई पिडितहरुले धन्यबाद दिएका छन । फेरी पनी सहयोग गर्न अनुरोध समेत गरेका छन ।

 

चर्चामा

सम्बन्धित समाचार