बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका बाढी पिडितका लागि अमेरिका बस्ने बजुरेलीले शुरु गरे राहत संकलन

बाजुराका बाढी पिडितका लागि अमेरिका बस्ने बजुरेलीले शुरु गरे राहत संकलन

  • शनिबार, साउन ३१, २०७७
बाजुराका बाढी पिडितका लागि अमेरिका बस्ने बजुरेलीले शुरु गरे राहत संकलन

बाजुराका बाढी पिडितका लागि अमेरिकामा राहत संकलन शुरु भएकाे छ । अमेरीका बस्ने बजुरेलीहरुले आर्थिक स‌ंकलन शुरु गरेकाे अमेरीका बाट पदम बहादुर शाहिले बडिमालिका खबरलाइ बताएका छन् ।
अमेरिकामा बस्ने बाजुरेलीले राहत स‌कलन शुरु गरेकाे भएपनि अन्य नेपाली दाजुभाइले सहयाेग गरेका छन् । मातृभुमिमा परेकाे संकटमा थाेरै भएपनी राहत संकलन गरेर पिडितलाइ सहयाेग गर्नका लागि राहत संकलन अभियान शुरु गरेकाे जनक थापाले वताएका छन् । सबैले सक्दाे सहयाेग गरिरहेका छाै, केही दिनमा राहत नेपाल पठाएर पिडित कहाँ पुर्याउने मनलाल जैशीले वताएका छन् । सबैकाे समन्वयमा पिडितलाइ राहत बितरण गर्ने वताइएकाे छ ।
गएकाे आईतवार राति आएको बाढि र पहिरोले बाजुरामा ठुलो धनजनको क्षति पुयाएको छ भने दर्जनौ घर बगाएको छ । बडिमालिका नगरपालिका २ घागर र गौमुल गाँउपालिका १ सिममा घर बुढिगंगा नदिले वताएको छ भने अन्य ठाँउमा पनि धेरै परिवार बिस्थापित भएका छन् । त्यस्तै बुढिगंगा नगरपालिकामा पनी केही परिवार बिस्थापित भएका छन् । बुढिगंगा नदिमा आएकाे बाढिपहिराेले कराेडाैकाे धनजनकाे क्षती पुयाएकाे छ भने एकजना बेपत्ता बनाएकाे छ । साँफे मार्तडि सडक पुर्ण रुपमा अबराेध भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार