बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

  • शनिबार, साउन ३१, २०७७
शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ। गत २४ घण्टामा ४ सय ६८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २६ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ८, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ११ र बर्दियाका १२ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

बीध ल्याब ललितपुरमा काठमाडौंमा १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुर र धनुषाका १/१, काठमाडौंका ३ र काभ्रेपलाञ्चोकका २, बि एण्ड बि अस्पतालमा ललितपुर र रामेछापका १/१ जनामा कोरोना पुष्टि भएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धुनषाका १, मोरङ र सप्तरीका २/२, सिरहाका ४, सुनसरीका १६ र तेह्रथुमका १, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङ र डडेल्धुराका १/१ जनामा कोरोना पाइएको छ।

कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पतालमा चितवनका १, दोलखाका ५, काभ्रेपलाञ्चोकका ७ र रामेछापका १, कोशी अस्पतालमा मोरङका २५, सिरहा र उदयपुरका १/१, लुम्बिनी प्रादेशिक अस्पताल बुटलवमा कपिलवस्तु र नवलपरासी पूर्वका १/१ जना रहेका छन्।

यस्तै, नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका २१, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४ जनामा कोरोना भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४, खोटाङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ र सुर्खेतका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३८ र सुनसरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २५, महोत्तरीका ९ र सर्लाहीका ३, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा बागलुङका २, गोरखाका १, कास्कीका ३, नवलपरासी पूर्व र स्याङका १/१ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १०, श्री वीरेन्द्र अस्पतालमा बर्दियाका २, काठमाडौंका ३ र रामेछापका १, सुरिया हेल्थ केयर प्रा.लि लाजिम्पाटमा काठमाडौंका २ जनामा कोरोना भेटिएको प्रवक्ता गौमतले जानकारी दिए।

यस्तै, स्टार अस्पताल सानेपामा दाङका १, काठमाडौंका १०, ललितपुरका ७ र सिन्धुलीका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका १, मकवानपुरका २१, रौतहटका ४, सर्लाहीका ११ र उदयपुरका १, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका २ र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६ सय ६० पुगेको छ।

कुल संक्रमित मध्ये ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन्। देशभर हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार