बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • खप्तड मालिका युवा सञ्जाल बाजुराद्धारा २० परिवारलाई राहत बितरण

खप्तड मालिका युवा सञ्जाल बाजुराद्धारा २० परिवारलाई राहत बितरण

  • शनिबार, साउन ३१, २०७७
खप्तड मालिका युवा सञ्जाल बाजुराद्धारा २० परिवारलाई राहत बितरण

राम बहादुर बिक —  जिल्लामा संचालन हुदै आईरहेको खप्तड मालिका युवा सञ्जाल बाजुराद्धारा बाढी पहिरो प्राभाबित क्षेत्रमै पुगेर २० बढी परियारलाई राहत बितरण गरीएको छ । सञ्जालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाको नेतृत्वमा मार्तडी देखी गएको टोलीमा संञ्जालका सचिव बहादुर धामी सदस्य उमेश बोहरा अनिस बोहरा लगाएतले मार्तडीदेखी आफैले राहात बोकेर बाढी पहिरो प्रभाबितको घरदैलोमै पुगेर राहात बितरण गरीएको थियो ।

दुखको समयमा स्थानीय सरकार भन्दा पहिला नै आफ्नै घरमा पुगेर सञ्जालले राहात बितरण गरेकोमा गौमुल गाउपालिका वडा नंम्बर २ का स्थानीय धामीले धन्यबाद दिनुभएको छ । पालिकाले पनी राहातको प्रयास गरीरहेको समयभन्दा अघाढी संञ्जाल सम्बन्धीत ठाँउमा राहात पुगाएकोमा गौमुल गाउपालिका २ का वडा अध्यक्ष चक्रबहादुर बोहराले संञ्जालका सम्पूर्ण पदाधीकारी लाई धन्यबाद दिनुभएको छ ।

गौमुल गाउपालिका वडा नम्बर २ को कुहुडाका पहिरो प्रभाबित क्षेत्रमा सञ्जालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाको नेतृत्वमा राहात बितरण गरीएको थियो भने सोही वडाको अजेटोट्कीमा सञ्जालका अध्यक्ष गणेस रोकायाको नेतृत्वमा राहात बितरण गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार