शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • थाहाछ कसैले नि माखो मार्ने छैनन्

थाहाछ कसैले नि माखो मार्ने छैनन्

  • शनिबार, साउन ३१, २०७७
थाहाछ कसैले नि माखो मार्ने छैनन्

कोरोनाले झैँ आफन्ति बाट पर सारेकोछ आज,
राजनीतिले पनि नजरबाट तल झारेकोछ आज।

मिल्ने भैन मेरो बिचार त सबै मिलेर जाने भन्छु,
कोरोना रोगी झैँ बिच बाटो मा उतारेकोछ आज।

थाहाछ कसैले नि माखो मार्ने छैनन् लेखी राखौँ,
कसैको निजी स्वार्थले पो असर पारेकोछ आज।

सबैले एक आर्का को मुहार नै मैल़ो भन्दै कराए,
आपसमा आफ्नै बर्गलाई कस्तो नारेकोछ आज।

रौँ बाट छाला निकाल्ने प्रयात्नमा त दसकौँ देखी,
महान क्रान्तिकारी आन्दोलनलाई टारेकोछ आज।

कहिले आतङ्क कहिले प्राकृतिक प्रकोपले गर्दा,
यो देशका जनतालाई शंघर्षमै तिखारेकोछ आज।

छि कस्तो गलत राज नीति हैवि भयो यो देश भित्र,
आफ्नै घरमा भाई भाई बिच बोली बारेकोछ आज।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार