शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा १ लेबलको कोभिड उपचार हुने

जिल्ला अस्पताल बाजुरामा १ लेबलको कोभिड उपचार हुने

  • शुक्रबार, साउन ३०, २०७७
जिल्ला अस्पताल बाजुरामा १ लेबलको कोभिड उपचार हुने

बाजुरा — जिल्ला अस्पताल बाजुरामा १ लेबलको कोभिडको उपचार हुने भएको छ । सरकारले जिल्ला अस्पताल बाजुरालाई १ लेबलमा समाबेश निर्णय गरेको बाजुरा अस्पतालका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको साउन २८ गतेको निर्णय अनुसार बाजुरा अस्पताललाई कोभिड १९ को लेवल १ को अस्पतालमा समाबेश गरिएको छ । सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको पत्र अनुसार कोभिड १९ महामारीको सन्दर्भमा कोभिड १९ तथा अन्य सेवा प्रबाहका लागि अन्तरिम निर्देशीका २०७६ अनुसार नेपाल सरकार सचिवस्तरको बैठकले निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
जिल्ला अस्पताललाई लेबल १ मा सुचिकृत गरिएको हुदा सो अनुसारको ब्यबस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर समिर कुमार अधिकारीको हस्ताक्षेरीत पत्रमा उल्लेख गरिएको छ । यो भन्दा पहिला अछाम अस्पताललाइ १ लेबलमा राखेको थियो । भेन्टिलेटरको आबश्यक परेका र सिकिस्त रहेका भोभिडका बिरामी भन्दा बाहेक सबै कोभिडका बिरामी जिल्ला अस्पताल बाजुरामै उपचार हुने भएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
त्यसै गरी सुदुर पश्चिमका डोटी अस्पताल, अछाम अस्पताल मंगलशैन, दार्चुला अस्पताल, जोगबुढा अस्पताल डडेलधुरा, गोकुलेश्वर अस्पताल गोकुलेश्वर, र मालाखेती अस्पताल कैलालीलाई पनी लेबल १ को कोभिड अस्पतालामा सिफारीस गरेको मन्त्रालयले जनाएको छ ।
त्यसै गरी सेती प्रादेशीक अस्पताललाई लेबल ३ मा समाबेश गरीएको छ भने । डडेलधुरा अस्पताल डडेलधुरा टिकापुर अस्पताल कैलाली र महाकाली अस्पताल कन्चनपुरलाई लेबल २ मा समाबेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा बिपत ब्यबस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ । सिफारीसमा परेका सबै अस्पताललाई सो अनुसारको ब्यबस्थापन गर्न भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार